काठमाडौं– नेपाल लाइभ डटकमका समाचार प्रमुख दुर्गा दुलाललाई स्वर्गीय नानीराम नेपाल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।
पत्रकार महासंघ सिन्धुपोल्चोकले लामो समयदेखि खोजमूलक पत्रकारितामा सक्रिय रहेका दुलाललाई आइतबार उक्त पुरस्कार प्रदान गरेको हो।
नेपाल पत्रकार महासंघ सिन्धुपोल्चोक शाखाको २८औं स्थापना दिवसका अवसरमा पत्रकार दुलालसहित अन्य पत्रकारलाई पनि सम्मान गरिएको छ। पत्रकार विष्णु न्यौपाने, माधव नेपाल, डम्बर रसिक भारती, विमल नेपाल र कला अनुरागीलाई सम्मान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।