काठमाडौं– धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले दलित समुदायलाई चोट पुग्ने शब्द प्रयोग गरेकोमा आत्मालोचना गरेका छन्।
दलित समुदायलाई होच्याउने शब्द प्रयोग गरेपछि आलोचना खेपिरहेका उनले आइतबार आत्मालोचना गरेका हुन्। उनले मंसिर २८ गते सामाजिक सञ्जाल फेसबुकमा दलित समुदायमाथि अपमान हुने शब्द प्रयोग गर्दै एक स्टेटस लेखेका थिए। जसको चौतर्फी आलोचना भएको थियो। राष्ट्रिय दलित आयोगले समेत उनीमाथि कारबाही गर्न सिफारिस गरेको थियो।
आयोगले कारबाही सिफारिस गरेपछि उल्टै आयोगका विषयमा सामाजिक सञ्जालमा विभिन्न गरेका राईले आइतबार भने विज्ञप्ति नै निकाले आत्मालोचना गरेका हुन्।
‘गाउँले ठट्यौली उखानको शैलीमा शब्द अप्रत्याशित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दु:ख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दु:खी बनाएको रहेछ। त्यसका लागि यो शब्द फिर्ता लिँदै सँधै समानताको भावनाका साथ सबै मिलेर देशलाई माथि उठाउनका लागि विकृति, विसंगति, वेथिति, भ्रष्टाचार, अन्याय, अत्याचार, विभेद, शोषण र दमनकाविरुद्ध लामो समय अभियान चलाएको मेरो इतिहास रहेको सबैमा जानकारी गराउँदछु!’, राईले लेखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।