काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले साइप्रसका लागि गैरआवासीय राजदूतमा कान्ता रिजाललाई नियुक्ति गरेकी छन्। रिजाल इजरायलका लागि नेपालको आवासीय राजदूत समेत हुन्।
राष्ट्रपति भण्डारीले रिजाललाई आइतबार गैरआवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
‘नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम इजरायलका लागि नेपालको आवासीय राजदूत कान्ता रिजाललाई गणतन्त्र साइप्रसका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ।
रिजाल गत असारमा इजरायलको लागि आवासीय राजदूतमा नियुक्त भएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।