काठमाडौं– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको टिप्पणी गरेका छन्।
शनिबार नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशको वार्षिक साधारण सभामा बोल्दै उनले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताए। यादवले पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न कानुन बनाएर संकुचन गर्न खोजिरहेको आरोप लगाए।
पूर्वराष्ट्रपति डा.यादवले सरकारले गलत काम गरेको खण्डमा त्यसकाबिरुद्ध लडेर भएपनि अधिकार प्राप्त गर्नुपर्ने बताए। उनले आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको प्रयोग गरेर काम गर्न सुझाव दिए।
यादवले म्यानमारमा लोकतन्त्रको पक्षको आन्दोलनमा नेपालले कुनैपनि समर्थन नगरेको भन्दै आपत्ति समेत जनाए। उनले नेपालले बर्मामा रहेका नेपालीहरुको स्वतन्त्रताका लागि सरकार र राजनीतिक दलहरुले आवाज उठाउन जरुरी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।