काठमाडौं- नेपाल बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
बैंकको आज (पुस १ गते) बिहान बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन्।
गत वर्ष बैंकले १४ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। चालु आर्थिक वर्षको लाभांशमा बैंकले नगत लाभांश वितरणमा जोड दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।