काठमाडौं– निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनावी प्रतिवेदन बुझाएको छ।
बिहीबार बालुवाटर पुगेर आयोगका पदाधिकारीहरूले प्रधानमन्त्री देउवालाई हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणामसहितको प्रतिवेदन बुझाएका हुन्।
भेटमा प्रधानमन्त्री देउवाले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई धन्यवाद दिए।
साथै, निर्वाचन आयोगका पदाधिकारीहरूले सरकारको पूर्ण सहयोगका कारण चुनाव सम्पन्न गर्न सहज भएको बताएका थिए।
आयोगले बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई प्रतिनिधि सभा निर्वाचनको प्रतिवेदन बुझाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।