• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २२, २०८३ Mon, Sep 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

मुलुकको आर्थिक अवस्था सकारात्मक बाटोमा, यस्ता छन् पछिल्ला सूचकांक 

64x64
सुमित्रा कार्की बिहीबार, मंसिर २९, २०७९  १९:३२
1140x725

काठमाडौं– गत आर्थिक वर्ष २०७८–०८९ बाट देखिएको अर्थतन्त्रको समस्या चालु आर्थिक वर्षको सुरुवातबाट केही सुधार हुन थालेको छ। गत वर्ष दबाबमा रहेको देशको ढुकुटी (विदेशी विनियम मुद्रा सञ्चिति), व्यापार घाटा, चालु खाता घाटा, शोधनान्तर स्थिति तगायतका मुलुकका आर्थिक सूचकांकहरू चालु आर्थिक वर्षमा केही सकारात्मक देखिन थालेका छन्।

गत आवमा मुलुकको अर्थतन्त्रमा समस्या देखिन थालेपछि नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरेको थियो।  सरकारले अन्य  आर्थिक क्षेत्रमा पनि केही नीतिगत कुराहरूमा कडाइ गरेको थियो। सरकार तथा राष्ट्र बैंकले गरेको नीतिगत कडाइ र आयात प्रतिबन्धका कारण देशको अर्थतन्त्रका केही सूचकहरू सकारात्मक देखिएका हुन्। राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेदन सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरू सकारात्मक बन्दै गएको जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको चार महिनासम्मको तथ्यांकमा देशको ढूकुटी (विदेशी मुद्राको सञ्चिति) ९ अर्ब ६३ करोड डलर पुगेको छ। असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति १ महिनामै १५ करोड डलरले बढेको हो। चालु आर्थिक वर्षको ४ महिनामा १८ प्रतिशतले आयात घट्नुको साथै रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार आएको देखिन्छ।

यो वर्षको ४ महिनामा गत आर्थिक वर्षको अन्त्यभन्दा विदेशी मुद्राको सञ्चिति ९ करोड डलरले बढेको छ। 

गत आवको अन्त्यमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको थियो। विदेशी मुद्राको सञ्चिति बढेसँगै शोधानान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको फरक) पनि २० अर्ब ३० करोड रुपैयाँले बचतमा गएको छ। असोज मसान्तमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँले बचतमा थियो।

No description available.

आव २०७९-८० को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०७९ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल ग्राहस्थ उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २५.७ प्रतिशत, ७०.० प्रतिशत र २२.४ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरू क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

शोधनान्तर स्थिति 

Ncell 2
Ncell 2
nimb
nimb

नेपाल राष्ट्र बैंकले चालु आव ४ महिना (कात्तिकसम्म)को मुलुकको अर्थतन्त्रको अवस्था सार्वजनिक गरेको छ। यस अवधिसम्म मुलुकको शोधनान्तर अवस्था २० अर्ब ३ करोड रुपैयाँले बचतमा गएको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोड रुपैयाँले घाटामा रहेको थियो। लामो समयदेखि घाटामा रहेको शोधनान्तर अवस्था गत असोज महिनादेखि बचतमा आएको हो। असोजमा शोधनान्तर १२ अर्ब ४६ करोड रुपैयाँले बचतमा रहेको थियो।

मुलुक बाहिरिनेभन्दा भित्रिने रकम बढी हुनु नै शोधनान्तर बचत हो। सरकारले आयातमा कडाइ गरेकाले पनि शोधनान्तरमा सकारात्मक प्रभाव परेको हो। यता, चालु खाताको घाटामा पनि उल्लेख्य मात्रामा कमी आएको छ। समीक्षा अवधिमा चालु खाता ३५ अर्ब ४० करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भने चालु खाता २ खर्ब २० अर्ब ९१ करोड रुपैयाँले घाटामा रहेको थियो।

आयात र निर्यात दुवैमा गिरावट 

चालु आवको ४ महिनाको अवधिमा नेपालबाट हुने निर्यात र नेपालले गर्ने आयात दुवैमा गिरावट आएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा चालु आर्थिक वर्षको ४ महिनामा निर्यात ३३.३ प्रतिशत र आयातमा १८.१ प्रतिशतले कमी आएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार ४ महिनाको अवधिमा कुल वस्तु निर्यात ३३.३ प्रतिशत कमी आएर ५४ अर्ब ७७ करोड  रुपैयाँ कायम भएको छ। यस्तो निर्यात अघिल्लो वर्षको सोही अवधिमा १०४.३ प्रतिशतले वृद्धि भएको थियो। 

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वृद्धि भएको छ। वस्तुगत आधारमा जिंक सिट, पार्टिकल बोर्ड, उनी गलैँचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ता–कपडा लगायतका वस्तुको निर्यात घटेको छ। आव २०७९–०८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आइ ५३२ अर्ब ६९ करोड रुपैयाँको वस्तु आयात भएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो। 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पन्ज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारीसाधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एमएस विलेट, कच्चा सोयाबिन तेल लगायतका वस्तुको आयात घटेको छ।

२० प्रतिशतभन्दा धेरैले बढ्यो रेमिट्यान्स 

चालु आवको चार महिनामा विप्रेषण (रेमिटेन्स) आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्षको यसै अवधिमा रेमिटेन्स ७ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले बढेर २ अर्ब ९३ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो। 

कात्तिक मसान्तसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बढेर १ लाख ९५ हजार १९६ रुपैयाँ पुगेको छ। यता, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या पनि ४६.४ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो।

४ महिनामा ८.०८ प्रतिशत बढ्यो महंगी

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ४ महिनामा ८.०८ प्रतिशतले महंगी बढेको छ। गत आवको ४ महिनामा ६.०४ प्रतिशतले महंगी बढेको थियो। चालु आवमा खाद्य तथा पेय पदार्थको मूल्य ७.३८ प्रतिशतले बढ्दा गैरखाद्य र सेवाको मूल्य ८.६३ प्रतिशतले बढेको छ। चालु आवको ४ महिनामा होटल समूहतर्फ सबैभन्दा बढी १५.९७ प्रतिशतले महंगी बढेको छ।

यसैगरी, सुर्तीजन्य पदार्थको मूल्य ११.८१ प्रतिशत, दुग्ध तथा अण्डाको मूल्य ९.३३ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ। गैरखाद्यतर्फ सबैभन्दा धेरै यातायतको मूल्य १७.७१ प्रतिशत, स्वास्थ्य सेवाको मूल्य ११.२२ प्रतिशतले बढेको छ। राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा महंगी ७.५६ प्रतिशतले बढ्दा तराईमा ८.५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले बढेको छ।

औसत् ब्याजदर १२ प्रतिशतभन्दा माथि 

वाणिज्य बैंकहरूको कर्जाको औषत् ब्याजदर साढे १२ प्रतिशतभन्दा माथि पुगेको छ। राष्ट्र बैंकले जारी गरेको मासिक विवरणमा कार्तिकसम्ममा कर्जाको भारित औसत् ब्याजदर १२.६५ प्रतिशत रहेको छ। गत वर्षको यसै अवधिमा कर्जाको औषत् ब्याजदर ९.०२ प्रतिशत थियो। विगत १ वर्षमा कर्जाको ब्याजदर ह्वातै बढेको छ। वाणिज्य बैंकहरूको औसत आधारदर २०७८ कात्तिकमा ७.८२ प्रतिशत रहेकोमा २०७९ कात्तिकमा १०.६० प्रतिशत कायम भएको छ।

यसरी आधार दर बढ्दा पनि कर्जाको ब्याजदर बढेको हो। २०७९ कात्तिकमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर भने ८.३२ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो ब्याजदर ५.८० प्रतिशत थियो।

निक्षेप तथा कर्जाको अवस्था 

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ०.९ प्रतिशतले बढेको छ। निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ८.६ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ५.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १९:३२
  • #अर्थतन्त्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
एनएमबि बैंकको २४ हजारभन्दा बढी संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा एनएमबि बैंकले २४ हजार ३१२ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले सूचना जारी गर्दै बिहीबारदेखि उक्त सेयर बि... बिहीबार, भदौ १८, २०८३
नेप्सेमा गिरावट कायमै, ५ अर्ब ७ करोडको कारोबार नेप्सेमा दोहोरो अंकको गिरवाट आएसँगै आज २६२२ विन्दुमा कायम भएको छ। मंगलबार, भदौ २, २०८३
तरलता व्यवस्थापनको दबाबमा बैंकहरू, भदौमा पनि निक्षेपको ब्याजदर घट्यो बैंकिङ प्रणालीमा कर्जाको माग अपेक्षाकृत कमजोर रहँदा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिने क्रम जारी छ। यसको प्रभाव वाणिज्य बैंकहर... आइतबार, साउन ३१, २०८३
ताजा समाचारसबै
एमभी दुगड समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख सहयोग सोमबार, भदौ २२, २०८३
गाँजा खेती र स्थानीय मदिरालाई कानुनी दायरामा ल्याउने कोशी सरकारको प्रस्ताव सोमबार, भदौ २२, २०८३
कांग्रेस मिलाउन गगन देउवा पक्षको माग पूरा गर्न तयार छन् ? सोमबार, भदौ २२, २०८३
वृद्ध दम्पतीलाई बन्धक बनाई लुटपाट, पाँच जना पक्राउ सोमबार, भदौ २२, २०८३
भोटेकोशी बाढी : सेनाका ४५ र सशस्त्रका १२ जना अझै बेपत्ता, उद्धार र खोज निरन्तर सोमबार, भदौ २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
केपी ओलीलाई कालोमोसो दलिएको ‘एआई निर्मित’ कृतिम फोटो भाइरल आइतबार, भदौ २१, २०८३
ठमेलमा युवती जिस्क्याउने युवक पक्राउ आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौं डा.रुद्रनाथ अधिकारी
बाढीपछि पुनर्स्थापना : राहतबाट आत्मनिर्भरतातर्फको बाटो नरेन्द्र कटुवाल
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्