• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ११, २०८३ Thu, Aug 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

२०७४ को नजिर लिएर संसदीय दलको नेता नबन्दै प्रधानमन्त्री बन्ने बाटोमा देउवा

64x64
किशोर दहाल बिहीबार, मंसिर २९, २०७९  १५:१७
1140x725

काठमाडौं- प्रतिनिधि सभाको निर्वाचनअघि नै कांग्रेस संसदीय दलको नेताको विषयमा चर्चा सुरु भइसकेको थियो। त्यतिबेला कांग्रेस महामन्त्री गगन थापाले आफू संसदीय दलको नेता बन्दै प्रधानमन्त्री बन्ने सार्वजनिक दाबी गरेका थिए। त्यसपछि शेरबहादुर देउवा र थापाबीच नै संसदीय दलको नेताका लागि अन्तिम निर्वाचन हुने अपेक्षा गरिएको छ।

महामन्त्री थापाले प्रधानमन्त्री बन्नका लागि संसदीय दल सामना गर्ने बताइरहँदा देउवा भने संसदीय दलको नेता चुनिनुअघि प्रधानमन्त्री बन्ने बाटोमा लागेको बुझिएको छ। कुनै पनि दलले स्पष्ट बहुमत नल्याएकाले संविधानको धारा ७६ (२) अन्तर्गतको सरकारका लागि कांग्रेसले दाबी गर्नेछ। उक्त धाराअनुसार प्रधानमन्त्री नियुक्त हुनका लागि भने संसदीय दलको नेता बनिराख्नुपर्दैन भन्ने यो पक्षको बुझाइ छ।

उक्त उपधारामा भनिएको छ- ‘उपधारा (१) बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’

उपधारा (२) अनुसार सरकार गठनका लागि प्रतिनिधि सभाको कुनै पनि सदस्यले दुई वा दुईभन्दा बढी दलको समर्थन सिद्ध गरे पुग्छ। सो सांसद सम्बन्धित दलको संसदीय दलको नेता बन्नुपर्ने बाध्यता छैन। यही उपधारा अनुसार देउवाले सत्ता गठबन्धन लगायतका दलहरुको समर्थन जुटाएर प्रधानमन्त्रीमा दाबी गर्दै नियुक्त हुनसक्छन्।

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्री नियुक्तिका लागि दुई अवस्थामा मात्रै संसदीय दलको नेता हुनुपर्ने बाध्यता रहेको बताए। ‘धारा ७६ (१) अनुसार बहुमतको प्रधानमन्त्री र धारा ७६ (३) अनुसार अल्पमतको प्रधानमन्त्री नियुक्त गर्दा संसदीय दलको नेता हुनुपर्ने जरुरी हुन्छ। धारा ७६ (२) र ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्दा संसदीय दलको नेता हुनुपर्ने जरुरी छैन’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

प्रतिनिधि सभामा कांग्रेस सबैभन्दा ठूलो दल हो। उसले प्रत्यक्ष र समानुपातिकमा गरी ८९ सिट जितेको छ। सत्ता गठबन्धनका दलहरुले १३६ सिट पाएका छन्। न्युनतम दुईभन्दा पनि बढी नै सिट जुटाउनेमा देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल लगायतका नेताहरु ढुक्क छन्। यही ढुक्कपनले देउवा नै प्रधानमन्त्रीमा दोहोरिने सम्भावना बढेको देखिन्छ। प्रधानमन्त्री आकांक्षीहरुमा देउवाका साथमा गठबन्धनका अन्य दलहरु माओवादी केन्द्र र एकीकृत समाजवादी  बढी सकारात्मक रहेकाले अनुकूलता बढी देखिन्छन्।

यस्तै, सुविधा अन्य पार्टीका अन्य नेतालाई पनि उपलब्ध छ। तर, पछिल्लो घटनाक्रमले देउवालाई बढी अनुकूलता देखिन्छ।

संविधानविद् विपिन अधिकारी धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुअघि राष्ट्रपतिले दलहरुसँग छलफल गर्नुपर्ने र त्यसका लागि दलको नेता चयन हुनुपर्ने बताए। ‘७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त गर्नुअघि राष्ट्रपतिले पार्टीहरुसँग छलफल गर्नुपर्छ। पार्टीहरुसँग छलफल गर्ने भनेको ती पार्टीको संसदीय दलको नेतासँग छलफल गर्ने हो। अब नेताहरुसँग छलफल गरेर कुनै मान्छेलाई टुंग्याउन सकिन्छ’, अधिकारीले नेपाल लाइभसँग भने।

nimb
nimb

उदाहरण दिँदै अधिकारीले थपे- मानौँ न, मैले ७६ (२) अनुसारको प्रधानमन्त्रीमा दाबी प्रस्तुत गरेँ। त्यसपछि राष्ट्रपतिले भन्नुभयो- ‘ठीकै छ, तपाईंले दाबी प्रस्तुत गर्नुभयो। तर तपाईंलाई अरु दलले समर्थन गर्छन् भन्ने आधार के छ?’ त्यतिबेला मैले भन्नुपर्छ- ‘यो पार्टीको संसदीय दलको नेता उहाँ हो। त्यो पार्टीको संसदीय दलको नेता उहाँ हो। यी दुवैले नेताहरु लिएर म आएको छु। हामी तीन जनाले भन्ने नै प्रधानमन्त्रीको उम्मेदवार हो। तपाईं त्यही अनुसार पहल गर्नुस्।’ यसरी राष्ट्रपतिलाई भनेपछि उहाँसँग कुनै  पनि विकल्प रहँदैन।’

२०७४ को नजिर
अहिलेकै जस्तो परिस्थिति २०७४ को निर्वाचनमा पनि भएको थियो। त्यतिबेला प्रतिनिधि सभाको सबैभन्दा ठूलो दल बनेको एमालेसँग पनि बहुमत थिएन। प्रतिनिधि सभामा उसले प्रत्यक्ष र समानुपातिकमा गरी १२१ सिट जितेको थियो। उसले बहुमत पुर्‍याउन तत्कालीन वामगठबन्धनको अर्को दल माओवादी केन्द्रको साथ लिएको थियो। यी दुवै दलसँग १७४ सांसद थिए।

त्यतिबेला अर्थात् २०७४ फागुन २ गते निर्वाचन आयोगले प्रतिनिधि सभाको अन्तिम मत परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको थियो। सोही दिन बसेको एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सारेको थियो। त्यसै दिन बसेको एमाले र माओवादी केन्द्रको संयुक्त बैठकले पनि ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दै भोलिपल्टै (फागुन ३ गते नै) प्रक्रिया अघि बढाउने निर्णय पनि गर्‍यो।

फागुन ३ गते पहिलो प्रहरमै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीमा दाबी गरेका थिए। २०७४ फागुन ३ गते बिहान ११:५५ मा प्रकाशित राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको थियो- ‘आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री के.पी. शर्मा ओलीलाई नेपालको संविधानको धारा ७६ को उपाधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्त गर्नको लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को समर्थन सहितको पत्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रतिनिधि सभाका माननीय सदस्य श्री के.पी. शर्मा ओलीले पेश गर्नु भयो। उक्त अवसरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ नेताहरुको समेत उपस्थित थियो।’

प्रधानमन्त्रीमा दाबी गरेको केही बेरपछि नै ओली प्रधानमन्त्री नियुक्त भएका थिए। राष्ट्रपति कार्यालयको १२:५७ मा प्रकाशित विज्ञप्तिमा भनिएको थियो- ‘आज मिति २०७४ साल फागुन ३ गते बिहीबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभाका माननीय सदस्य श्री के. पी. शर्मा ओलीज्यूलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको छ।’

ओली प्रधानमन्त्रीमा नियुक्ति हुँदै गर्दा त्यतिबेलाका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए। ओली प्रधानमन्त्री नियुक्त भएको केही बेरपछि मात्रै उनको राजीनामा बारे राष्ट्रपति कार्यालयको विज्ञप्ति सार्वजनिक भएको थियो।

प्रधानमन्त्री नियुक्त भएपछि मात्रै ओली संसदीय दलको नेतामा निर्वाचित भएका थिए। प्रधानमन्त्री नियुक्त भएको केहीबेरपछि एमालेको तत्कालीन पार्टी कार्यालय धुम्बाराहीमा बसेको संसदीय दलको बैठकबाट ओली संसदीय दलको नेतामा चयन भएका थिए। उनलाई माधवकुमार नेपालले संसदीय दलको नेतामा प्रस्ताव गरेका थिए। त्यतिबेला एमाले उपमहासचिव घनश्याम भुसालले पनि संसदीय दलको नेतामा उठ्ने ईच्छा राखेका थिए। तर, नेपालले नै उनलाई रोकेका थिए।

२०७४ मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्दा गलत भएको अधिकारीको तर्क छ। ‘त्यतिबेला केपी ओलीले यति ‘टाबरिङ पर्सालिटी’ बनाउनुभयो, मान्छेले संसदीय दलको नेता बन्नुपर्छ भन्ने कुरालाई बिर्सिए। राष्ट्रपतिले पनि त्यो कुरालाई ख्याल गर्नुभएन। तर त्यतिबेला भएको गलत नै हो।’

देउवाको वर्तमान रणनीति
अहिले कांग्रेसका देउवा पक्षका नेताहरुले पनि यही रणनीति अख्तियार गर्न खोजिरहेका छन्। संसदीय दलको निर्वाचनभन्दा अगाडि नै देउवालाई प्रधानमन्त्री बनाउने र त्यसकै प्रभावमा संसदीय दलको नेता बनाउने उनीहरुको तयारी छ। ‘सुरुमै संसदीय दलको निर्वाचन भयो भने जे पनि परिणाम आउन सक्छ’, देउवा निकट एक नेता भन्छन्, ‘त्यसैले २०७४ मा जस्तै गरी पहिले देउवा दाइ प्रधानमन्त्री नियुक्त हुनुहुन्छ। अनि संसदीय दलको नेताका लागि निर्वाचन हुन्छ।’

प्रधानमन्त्री भइसकेपछि पावर हातमा हुने भएकाले संसदीय दलको नेता चुनिन सहज हुने देउवा पक्षको बुझाइ छ। संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री बन्नुपर्ने अवस्था आएकाले देउवालाई कांग्रेसले स्वीकार गर्नु र नगर्नुको अर्थ नभएको उनी निकट एक नेताले बताए। ‘देउवा दाइ प्रधानमन्त्री बन्दा गठबन्धनको प्रधानमन्त्री बन्ने हो। गठबन्धनको निर्णय र नीति अनुसार बन्ने हो। देउवा दाइ बाहेकलाई अन्य नेतालाई गठबन्धनले स्वीकार गर्ने स्थिति पनि छैन। त्यसैले उहाँ नै प्रधानमन्त्री हो’, उनले भने।  

कांग्रेसका अन्य नेतामा गठबन्धनका दलहरुको सहमति नहुने भएकाले देउवाले संसदीय दलको निर्वाचनअघि प्रधानमन्त्री बन्ने बाध्यात्मक बाटो रोजेको दाबी समेत ती नेताले गरे।

यद्यपि, कांग्रेसमा संसदीय दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने प्रचलन रहिआएको छ। तर, संसदीय दलको नेता नै चयन नभई प्रधानमन्त्री नियुक्त हुने बाटो भेटिने अवस्थामा देउवाले सदुपयोग गर्ने ती नेताको भनाइ छ।

२०७४ को नजिर अनुसार, राष्ट्रपतिले सरकार गठनका लागि आह्वान पनि गर्नुपर्ने देखिँदैन। राष्ट्रपति कार्यालयसँग प्रतिनिधि सभाको अन्तिम मत परिणाम हुने (निर्वाचन आयोगले बुझाएका कारण) र दलीय समीकरण पनि जानकारी हुने भएकाले दलहरु मिलेर प्रधानमन्त्रीमा स्वतः दाबी गर्न सक्छन्। जसरी, २०७४ फागुन ३ गते ओलीले दाबी गरेका थिए।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  १५:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले पुर्‍याएको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनः... बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले बुधबार देउवाको मागबमोजिम आदेश संशोधन गर्न कानुनी रूपमा नमिल्ने ठहर ग... बुधबार, भदौ १०, २०८३
प्रधानमन्त्रीले भने– ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंहरुको साथमा छ’ ‘यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न,’ प्रधानमन्त्री शाहले प्रभावित नागरिकलाई आश्वस्त पार्दै भने, ‘राज्य आफ्ना सम्पूर्ण साधन र स्... बुधबार, भदौ १०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीबाट प्रभावित आयोजनाको यस्तो छ अवस्था, कुनमा कति क्षति ? बुधबार, भदौ १०, २०८३
रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्‍यो? बुधबार, भदौ १०, २०८३
भोटेकोशी वाढीमा जलविधुत्त आयोजनमा २०० कर्मचारी सम्पर्क बिहिन बुधबार, भदौ १०, २०८३
भारतले पठायो नेपाललाई १० टन मानवीय सहायता बुधबार, भदौ १०, २०८३
रास्वपा सभापति रवि लामिछानेले बोलाएर सर्वदलीय बैठक बुधबार, भदौ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
बालेन सरकारबाट नियुक्ति पाउने ‘भाग्यमानी’हरू : कहाँ, को भए ? बुधबार, भदौ १०, २०८३
देउवालाई सर्वोच्चले दिएन राहत, आदेश संशोधनको माग अस्वीकार बुधबार, भदौ १०, २०८३
बीओपी टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन बुधबार, भदौ १०, २०८३
तीनवटा अस्पतालले ‘निमोनिया’ ठानेको समस्या, सिटीस्क्यानपछि खुल्यो ७ वर्षीय बालकको श्वासनलीमा इमलीको दाना मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
जब अधिवक्ता राइ मुद्दा हारेपछि सर्वोच्चको छतमा पुगे... मंगलबार, भदौ ९, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्