काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारका रुपमा काठमाडौं क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएकी सोविता गौतमले आफ्नो चुनावी खर्चको विवरण निर्वाचन आयोगमा बुझाएकी छन्।
उनले जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा पुगेर आफ्नो चुनावी खर्च विवरण वुझाएकी हुन्। उनले निर्वाचनका क्रममा ३ लाख ७१ हजार खर्च भएको विवरणमा उल्लेख गरेकी छन्।
गौतमले सबैभन्दा धेरै खर्च खाना र खाजामा गरेकी छन्। उनले गोष्ठी र कार्यकर्ता परिचालन शीर्षकमा ८० हजार ९९५ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेकी छन्। त्यस्तै, सवारी साधनमा ७८ हजार , इन्धनमा ६२ हजार ५०५ र घोषणापत्र तथा नमूना मतपत्रमा ४६ हजार ५०० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।