काठमाडौं– पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले स्वर्गीय पत्रकार नरेश सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गर्ने उद्घोष गरेका छन्।
स्व. सर्राफको १३ औं दिनको पूण्यतिथिका अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सांसद यादवले १ लाख आर्थिक सहयोग उपलब्ध गराउने उद्घोष गरेका हुन्।
सांसद यादवले प्रधानमन्त्रीलाई भनेर भए पनि अर्थ मन्त्रालयबाट सर्राफका परिवारको लागि विशेष राहतको व्यवस्था गर्ने आश्वासन पनि दिएका छन्। पर्साको पत्रकारिता क्षेत्रमा सर्राफको निधनले क्षति भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका यादवले उनले अंगालेको मार्गमा निर्देशित भई निष्पक्ष र निडर पत्रकारिता गर्नुपर्नेमा जोड दिए।
सर्राफ स्वच्छ छविका र ईमान्दार पत्रकार भएको बताउँदै यादवले उनको जस्तो स्वभाव भएको पत्रकार पर्साले पाउन मुस्किल पर्ने बताए। विशेष गरी भूइँतहका र सर्वसाधारण नागरिकका समस्या एवम् पीडाहरुलाई खोजी पत्रकारितामार्फत् उजागर गरे उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताइ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।