काठमाडौं– राष्ट्रिय दलित आयोगले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।
आयोगले आफ्नो अभिव्यक्ति सच्याएर आत्मालोचना गर्न पनि मेयर साम्पाङलाई अनुरोध गरेको छ।
मेयर साम्पाङको अभिव्यक्तिले दलित समुदायमाथि चोट परेको आयोगले उल्लेख गरेको छ।
जनताको प्रतिनिधि र स्थानीय सरकारको प्रमुखजस्तो पदमा बसेको व्यक्तिले संविधान, प्रचलित मूल्य मान्यता र अन्तर्राष्ट्रिय मावन अधिकारको भावना र मर्मविपरीत साम्प्रदायिक र कुनै जातप्रति अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पर्ने आयोगले बताएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।