काठमाडौं– नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय कम्पनीलाई माघदेखि अनिवार्य रुपमा मासिक आधारदर निर्धारण गर्न निर्देशन दिएको छ।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत् गरेको उक्त व्यवस्थालाई कार्यान्वयनमा ल्याएको हो।
राष्ट्र बैंकको निर्देशनमा भनिएको छ, ‘२०७९ माघदेखि लघुवित्त कम्पनीले आधार दर मासिक रुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्नुपर्ने छ।’
यसअघि महिना समाप्त भएको १५ दिनभित्र केन्द्रीय बैंकमा आधार दर पेस गर्नुपर्ने व्यवस्था थियो। उक्त व्यवस्थामा अनिवार्य रुपमा आफ्नो वेबसाइटमा आधारदर सार्वजनिक गर्नुपर्ने व्यवस्था थप भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।