काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदलाई पुष ३ गते प्रमाणपत्र वितरण गर्ने भएको छ।
आयागले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश थपलियाले उक्त जानकारी दिएका हुन्।
‘पुष ३ गते आइतबार १ बजे मुख्य निर्वाचन अधिकृतको आयोजनामा समानुपातिक निर्वाचन प्रणालीको तर्फबाट निर्वाचित सांसदलाई प्रमाणपत्र वितरण कार्यक्रम आयोगको केन्द्रीय कार्यलयको प्रङ्गणमा गरिने छ,’ थपलियाले भने।
प्रतिनिध सभामा समानुपातिक प्रणालीबाट ११० र ७ वटै प्रदेश सभामा समानुपातिक तर्फबाट २२० सांसद निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।