काठमाडौं- मंसिर ४ मा सम्पन्न निर्वाचनमा प्रत्यक्षभन्दा समानुपातिकतर्फ मत बदर ज्यादा भएको छ। आयोगले बुधबार सार्वजनिक गरको निर्वाचन परिणाम अनुसार प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ ५.०६ प्रतिशित र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ।
त्यस्तै, प्रदेश सभातर्फको प्रत्यक्षतर्फ ४.०७ र समानुपातिकतर्फ ६.५५ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ।
निर्वाचन आयोगले बुधबार निर्वाचनको अन्तिम मत परिणाम समर्वजनिक गरेको हो। आयोगले २९ गते राष्ट्रपतिलाई प्रतिनिधि सभाको र पुस २ गते प्रदेश प्रमुखलाई प्रदेश सभाको निर्वाचन प्रदिवेदन बुझाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।