• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

तीन शिक्षकले कक्षा ६ सम्म कसरी पढाउने? 

64x64
रासस बुधबार, मंसिर २८, २०७९  १३:५०
1140x725
फाइल तस्बिर

बझाङ– विद्यार्थी चौरमा राखिएका डेस्क बेन्चमा पढिरहेका थिए। नजिकै पिपल चौतारा र मन्दिर। अर्को छेउमा शौचालय तथा खानेपानी र बीचमा खुला चौरले नै सिद्धिगणेश आधारभूत विद्यालयको आंशिक परिचय दिइरहेको थियो।

लहरै बालकक्षादेखि ५ कक्षामा पढ्ने बालबालिका आफ्नै धुनमा किताब पल्टाइरहेका थिए। शिक्षकले कक्षालाई समय दिएर कसैलाई लेख्न त कसैलाई पढ्न लगाएका थिए। 

त्यतिकैमा एउटा अनुगमन टोली आइपुग्यो र बाहिर चौरमै बसेर अनौपचारिक रूपमा शिक्षकसँग जानकारी लियो। यता विद्यार्थीलाई भने विद्यालयमा नयाँ मान्छे आएकोमा कुनै चासो थिएन। जब टोली भान्छाकोठा हुँदै कक्षा कोठातिर गयो, त्यसपछि पनि विद्यार्थी त्यही गतिमा थिए। टोलीले विद्यार्थी अनुशासित हुन् या अल्छी हुन् भन्दै कानाखुसी गर्न थाले। कक्षा कोठाबाट फर्केपछि टोलीको निष्कर्ष रह्यो विद्यार्थी अनुशासित छन्।

कक्षा कोठाको अनुगमनपछि शिक्षक शिक्षिकासँगका छलफलमा प्रधानाध्यापक मायादेवी मल्लले सिद्धीगणेशको बाहिरी वातावरण जति सुन्दर भए पनि भित्र त्यस्तो नभएको बताइन्। ‘बाहिर हेर्दा त यहाँहरूले पनि धेरै नै मन पराउनुभयो। तर, भित्री रूपमा विद्यालय सोचेभन्दा धेरै नै फरक छ’, उनले भनिन्। 

प्रअ मल्लले गाउँपालिकामा पटक–पटक विद्यालयमा शिक्षकका लागि माग गर्दा पनि गाउँपालिकाले बेवास्ता गरेको आरोप लगाइन्। अनुगमनमा आएको गाउँपालिकाको टिमकै अगाडि उनले भनिन्, ‘उहाँ सरहरूलाई थाहा छ, हामीले शिक्षक चाहियो भनेको दुई/तीन वर्ष नै भइहाल्यो। हामी तीन जना शिक्षकले छ कक्षासम्म कसरी पढाउने?’

प्रअ मल्लका अनुसार कार्यतालिकामै एउटै कक्षामा ४/५ कक्षासम्म राखिएका छन्। ‘तर, तीन जना कता शिक्षकले कता पो हेर्नु? एक जना शिक्षक पालिकाले पठाइदिनुभयो भने राति निन्द्रा लाग्ने थियो,’ उनले दुखेसो पोखिन्, ‘आज त प्रत्यक्ष आफ्नै विद्यालयमा भन्ने मौका पाएँ, यसभन्दा अगाडि पालिकाका सबै प्रतिनिधिलाई शिक्षकको याचना गरेँ, हुन्छ धेरैले भन्नुभयो, तर अहिलेसम्म शिक्षक पाएनौं। हामीले नै शिक्षक थप्न आन्तरिक स्रोतको अभाव छ। अहिले भएका शिक्षकमध्ये पनि एक जना मात्रै बिदामा बस्नुभयो भने यहाँ बेहाल हुन्छ।’

उनले शिक्षककै अभावले पढाइको गुणस्तर पनि खस्किएको बताइन्। उनले भनिन्, ‘विद्यालयको वातावरणका लागि त धेरैले सहयोग गर्नुभएको छ। सङ्घ संस्था नभइदिएको भए यस्तो वातावरण पनि हुने थिएन। कसैले खानेपानी, कसैले खाद्यान्न, कसैले तरकारी त कसैले भवन पनि सहयोग गर्नुभएको छ। त्यसैले वातावरण राम्रो देखिएको हो। तर, यो सबैभन्दा पनि विद्यार्थीको पढाइ हेरिन्छ, त्यसमा हामीले निकै चुक्नु परेको छ।’

उनका अनुसार यसै शैक्षिक सत्रमा मात्रै २५ जना बालबालिका निजी विद्यालयमा पढ्न गए।  ‘उहाँहरूलाई हामीले रोक्न सकेनौं,’ उनले भनिन्, ‘पढाइ बिग्रिएको भन्दै अभिभावक यो विद्यालय छुटाउनुभयो। शिक्षककै कमीले यस्तो अवस्था आएको हो। हामी एउटै शिक्षक थपिए पनि त्यो अवस्था आउन दिने थिएनौं।’

Ncell 2
Ncell 2
nimb
nimb

विद्यालयमा समस्या थुप्रै भए पनि शिक्षक अति आवश्यक भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज भारतीले बताए। ‘म अध्यक्ष भएको दुई वर्ष भयो,” उनले भने, ‘दुई वर्षको अवधिमा शिक्षकका लागि दजनौं पटक पालिकालाई याचना गरेँ, उहाँले सुन्नुभयो तर, कार्यान्वयन गर्नुभएन। यसपटक पालिकाको टोली विद्यालयमै पुगेको छ। अब त बिर्सनु हुनेछैन भन्ने सोचेको छु।’

अध्यक्ष भारतीका अनुसार विद्यालयमाभित्र नदेखिने समस्या धेरै छ। अहिले डिजिटल युगमा कम्प्युटर त के विद्यालयमा एउटा फोटोकपी गर्ने मेसिनसमेत छैन। ‘केही फोटोकपी गर्नुपरे बागथला दौडनुपर्छ’, अध्यक्ष भारतीले भने, ‘हामीलाई फोटोकपी, शैक्षिक सामग्री, विद्यालयको घेरबारभन्दा पनि शिक्षक बढी आवश्यक छ।’

अहिले सिद्धिगणेश आधारभूत विद्यालयमा एक सय ५० जनाभन्दा बढी विद्यार्थी छन्। बालकक्षादेखि ५ कक्षासम्म अध्ययन हुने विद्यालयमा अभिभावकले पनि खासै चासो राखेका छैनन्। ‘अभिभावक खासै आउनुहुन्न अन्तिममा नतिजा हेर्नुहुन्छ। नतिजा ठीक नभए, पढाइ भएन भन्दै बालिबालिका अर्कै विद्यालयमा पठाउनुहुन्छ,’ अध्यक्ष भारतीले भने।

उनका अनुसार एक जना शिक्षक थपिए पनि धेरै राम्रो नतिजा त आउँदैन तर, विद्यार्थीलाई ओगट्न सकिन्छ। ‘एक शिक्षक थप्ने बित्तिकै धेरै राम्रो हुने भन्ने त हुँदैन तर पनि विद्यार्थीको रेखदेख, कक्षा समाल्न निकै राहत हुन्थ्यो’, उनले भने। 

Xtrem

Xtrem

यता गाउँपालिकाका उपाध्यक्ष मनिषा धामी, प्रमुख प्रशासकीय अधिकृत पदमराज उपाध्याय, शिक्षा संयोजक केशवराज भट्ट, स्वास्थ्य संयोजक कैलाश बलायरलगायतको टोलीले भने अब पुस महिनाभित्रै सिद्धिगणेशमा शिक्षक राख्ने बताउँछन्। ‘योभन्दा अगाडि विभिन्न कारणले शिक्षक पठाउन सकिएन। अब भने दोस्रो हप्ता नै शिक्षक उपलब्ध गराउँछौं,’ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, ‘हामी सबै यस्तै विद्यालयबाट पढेर आएका हौं। पर्याप्त शिक्षक नभएर केही हुँदैन। पालिकामा पनि हामी नयाँ आएको हुँदा ढिलाई भएको हो। अब दोस्रो महिना नै सिद्धिगणेशमा शिक्षक पुर्‍याउँछौं।’

विद्यालयमा नयाँ शिक्षक आएपछि शिक्षाको गुणस्तर पनि सुधार हुने उपाध्यक्ष धामीले बताए। ‘हामी सबै शिक्षक पेसा सम्हालेर आएका हौं, शिक्षकलाई विद्यार्थी सम्हाल्न कति हम्मेहम्मे हुन्छ भन्ने कुरा बुझेका छौं। पर्याप्त शिक्षक नभएर केही हुँदैन। त्यसैले यसपटक पालिकाले तत्कालै एक जना शिक्षक उपलब्ध गराउने र अर्को वर्षसम्म पुग्ने गरी शिक्षकको व्यवस्था गर्नेछौं’, उनले भने। 

प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  १३:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आह्वान नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म यातायात सेवा सञ्चालन गर्नुपूर्व बाटोको अवस... बुधबार, असोज ७, २०८३
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म यातायात व्यवस्था विभागले सार्वजनिक यातायात व्यवसायी तथा सम्बन्धित निकायलाई पठाएको निर्णयमा अग्रिम टिकट बुकिङलाई निरन्तरता दिने व्यवस... बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति हिउँदको विद्युत् माग र आपूर्ति व्यवस्थापनका सम्बन्धमा मङ्गलबार प्राधिकरणमा आयोजित बैठकले आवश्यक अध्ययन तथा कार्यलाई तीव्रता दिने निर... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
योगेशको प्रस्ताव : ओलीले नेतृत्व छाडेर नयाँ पुस्तालाई बाटो खोल्नुपर्छ बुधबार, असोज ७, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो बुधबार, असोज ७, २०८३
भुक्तानी तथा फर्स्योट (पहिलो संशोधन) विधेयक स्वीकृत बुधबार, असोज ७, २०८३
इजरायल रोजगारी दिने भन्दै ठगी : कांग्रेस नेता चौलागाईंलाई डेढ करोड बुझाएको बालिकाको बयान बुधबार, असोज ७, २०८३
जिल्लापछि प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, २१ असोजमा एकैदिन प्रदेश अधिवेशन गर्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्