काठमाडौं– हिउँद लागेसँगै पछिल्लो केही दिनयता चिसो निरन्तर बढ्दो छ। जल तथा मौसम विज्ञान विभागका अनुसार तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ।
देशभर मौसम सामान्यतया सफा रहने भए पनि तराईका क्षेत्रमा हुस्सु र कहिरो लागेको छ। हुस्सु र कुहिरोका कारण चिसो बढ्ने भएकाले तराई क्षेत्रका नागरिकलाई सचेतना अपनाउन विभागले अनुरोध गरेको छ।
घाम लाग्न थालेपछि क्रमश: हुस्सु र कुहिरो हट्दै जाने विभागले जनाएको छ। यस्तै आज बिहान काठमाडौंको तापक्रम ५.८ डिग्री सेल्सीयस मापन गरिएको छ। दिउँसो भने बढेर २१ डिग्रीसम्म पुग्ने विभागले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।