• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २२, २०८२ Wed, Oct 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
अध्यादेशले घेराबन्दीमा देउवा
64x64
नवीन झा मंगलबार, मंसिर २७, २०७९  २१:४३
1140x725

काठमाडौं- नयाँ सरकार गठनको गृहकार्य चलिरहँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझको मन्त्रिपरिषद् बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहितामा एउटा प्रावधान थप्नलाई अध्यादेश ल्याउने निर्णय गर्यो। जसले देउवालाई आफ्नै पार्टीभित्र र बाहिरसमेत आलोचित बनाइरहेको छ। देउवाको विरोधमा अन्य पार्टी र नेताहरु त उत्रिए नै, उनकै पार्टीका महामन्त्रीद्वय पनि उत्रिए। साथै, अन्य नेताहरुले पनि सार्वजनिक रुपमा अध्यादेशको विरोधमा अभिव्यक्ति दिए। देउवा र उनी निकटका नेताहरु भने सार्वजनिक बोलेका छैनन्। बरु परिस्थतिलाई नियालिरहेको देखिन्छ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा आजीवन कैदको सजाय काटिरहेका रेशम चौधरीसहित सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भएको हो।

मन्त्रिपरिषद्‌बाट पारित अध्यादेश सोमबार दिउँसो राष्ट्रपति कार्यालय पुगेको छ। तर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशका सम्बन्धमा परामर्श गरिरहेकी छिन्। जसका कारण मंगलबार अबेरसम्म अध्यादेश जारी भएको छैन।

बाहिरी विरोधले त देउवालाई खासै प्रभाव पार्ने देखिँदैन। तर, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गरेपछि अध्यादेशकै कारण सरकारमाथि थप दबाब सिर्जना भएको देखिन्छ। यद्यपि, सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक गतिविधिमा रहेकाहरुलाई मूलधारको राजनीतिमा ल्याउने काम सरकारको भएकाले त्यही अनुरुप सरकारले अध्यादेश ल्याएको बताएका छन्।

कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने क्रममा सोमबार सरकारले देशभित्रको एकता र शान्तिलाई थप सुढृढ बनाउने उदेश्यले पनि अध्यादेश ल्याएको दाबी गरे। उनले त्यसो भने पनि कांग्रेसभित्र र बाहिर अध्यादेशको विरोध हुन छाडेको छैन। मंगलबार नेकपा एमाले समर्थित विद्यार्थी संगठनले काठमाडौंमा अध्यादेशको विरुद्धमा सडक प्रर्दशन नै गरेका छन्।

सरकार गठनका लागि बहुमत जुटाउने अभिप्रायले अध्यादेश ल्याइएको भन्दै यसको विरोध भइरहेको हो।

निर्वाचनबाट सत्ता गठबन्धनलाई पूर्ण बहुमत आएको छैन। जसका कारण नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीहरु महत्त्वपूर्ण भएका छन्। संघीय सरकारदेखि प्रदेश सरकारसम्म गठनका लागि यी दलहरु महत्त्वपूर्ण हुने देखिएकाले गठबन्धनका नेताहरुले ती दलका नेताहरुसँग संवाद् बढाएका थिए।

जनमत पार्टीका अध्यक्ष राउतले आफैं प्रधानमन्त्रीदेखि गठबन्धनका अन्य नेताहरुसँग संवाद् गरिसकेका छन्।

Ncell 2
Ncell 2

राउतले पार्टीबाट सरकारमा जाने निर्णय गरेका छन्। अर्कोतिर, नागरिक उन्मुक्ति पार्टीले सरकारमा जानुअघि शर्त राखेको छ। चौधरीको नागरिक उन्मुक्ति पार्टीले चौधरी सहित पार्टीका नेताहरुको रिहाइको आवाज उठाइरहेको छ।

चौधरीलाई डिल्लीबजार कारागारमै गएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए। नागरिक उन्मुक्ति पार्टीका केही नेताहरुले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेटेका थिए। यस्ता संवादमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता र जेलबाट रिहाइको माग अघि सारेको छ।

मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमै यो विषयमाथि छलफल चलेको थियो। निर्वाचनपछि बसेको गठबन्धनको सो पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन साना दलहरु समेटिनुपर्ने र त्यसका उनीहरुका केही मागहरु पूरा गर्नुपर्ने अवस्था रहेका बताएको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा प्रधानमन्त्री देउवाले राउत र चौधरीको पार्टीलाई मिलाएर गएमा केन्द्रदेखि प्रदेशसम्म बहुमत पुग्ने आकलन प्रस्तुत थिए। तर बैठकमा अध्यादेश नै ल्याउने गरी कुराकानी नभएको ती नेता बताउँछन्।

त्यसयता पनि प्रधानमन्त्री र माओवादी केन्द्र सहितका केही नेताहरु नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग संवाद जारी राखेका थिए। तिनै छलफलपछि सरकारले अध्यादेश ल्याएर उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाइ गर्ने अभिप्राय राखेको हो। यसले जनमत र नेकपाका कार्यकर्ता पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। यो प्रक्रियाको नेतृत्व भने गृहमन्त्री खाणले गरेका थिए। आइतबार सरकारले अध्यादेश ल्याउनुअघि अर्थात् गत शुक्रबार पनि खाणले नागरिक उन्मुक्ति पार्टीका केही प्रमुख नेताहरु छलफल गरेका थिए। त्यसपछि मात्रै सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चौधरीसहित सीके राउत र विप्लव लगायतका पार्टीसँग विगतमा मुद्दा फिर्ता गर्ने गरी राजनीतिक सहमति गरेकाले त्यसलाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याउनुपरेको दाबी गरे। ‘बाहिर विरोधका लागि विरोध जस्तो देखिएको छ’, उनले भने, ‘तर सरकारले वास्तवमा यी पक्षहरुसँग भएको सम्झौताअनुसार अहिले संसद् नभएकाले अध्यादेश ल्याएको हो।’

महतले त्यस किसिमको दाबी गरे पनि नागरिक अगुवा तथा बुद्धिजीवीहरुले निर्वाचन भइसकेको र चाँडै नै नयाँ संसद्को बैठक बस्ने भएकाले संसद्‌बाटै यस खालको कानुनहरु बनाउनु राम्रो हुने थियो भन्ने धारणा राखेको देखिन्छ। जसकारण निर्वाचनबाट ठूलो पार्टी बनेको कांग्रेसका सभापति तथा बहालवाला प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्ने देखिन्छ। उनको नेतृत्वमा रहेको सत्ता गठबन्धनका अन्य घटकहरु माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरु भने अहिलेसम्म मौन देखिएका छन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  २१:४३
  • #अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह २६ गते कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । कतिपयले केन्द्रीय समितिको बैठकपछि हस्ताक्षर गरे हुन्न भन्ने गरेको उल्लेख गर्दै तिन... मंगलबार, असोज २१, २०८२
ओलीको राहदानी रोक्का भएकोमा एमालेको आपत्ति, प्रतिशोधपूर्ण निर्णय भएको टिम्पणी एमाले सचिवालय बैठकले तीनवटा निर्णय गर्दै यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दसैंको मौका पारेर गरिएको यस्तो निर्णय राज... आइतबार, असोज १२, २०८२
ओली र लेखकसहित ५ जनालाई उपत्यका छाड्न पनि आयोगको अनुमति चाहिने ओली र लेखकसहित पूर्वगृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविल... आइतबार, असोज १२, २०८२
ताजा समाचारसबै
बालेनको स्पष्टीकरण :  भिडले महानगरको दमकललाई सिंहदरबारको आगो निभाउन दिएन मंगलबार, असोज २१, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
इलाम पहिरो: मृत्यु हनेको संख्या ३९ पुग्यो मंगलबार, असोज २१, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा बढाइयो मंगलबार, असोज २१, २०८२
जेनजी अगुवाले चलाए ‘एरेस्ट केपी ओली’ अभियान सोमबार, असोज २०, २०८२
इन्दु बर्माको कप्तानी इनिङ्समा नेपाल विजयी, सिरिज २–२ को बराबरीमा मंगलबार, असोज २१, २०८२
यस वर्षको मनसुन नेपालबाट बाहिरिँदै सोमबार, असोज २०, २०८२
विशेष महाधिवेशनका लागि २४ असोजसम्म हस्ताक्षर गरिसक्न विश्वप्रकाशको आग्रह मंगलबार, असोज २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
जेन–जी प्रदर्शनपछि माडागास्करका राष्ट्रपतिद्वारा सरकार भंगको घोषणा, जिम्मेवारी पूरा गर्न नसकेकोमा माफी मागे मंगलबार, असोज १४, २०८२
विपद जोखिम नरहेका जिल्लामा सार्वजनिक सेवा सुचारु गर्न गृहको निर्देशन आइतबार, असोज १९, २०८२
वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित, विश्वकप क्वालिफायर भने खेल्ने बुधबार, असोज १५, २०८२
आफूसँग रहेका सबै इजरायली बन्धक रिहाइका लागि हमास तयार, नेतान्याहुले के भने? शनिबार, असोज १८, २०८२
आइतबार र सोमबार सार्वजनिक बिदा शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्