• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अध्यादेशले घेराबन्दीमा देउवा

64x64
नवीन झा मंगलबार, मंसिर २७, २०७९  २१:४३
1140x725

काठमाडौं- नयाँ सरकार गठनको गृहकार्य चलिरहँदा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार साँझको मन्त्रिपरिषद् बैठकबाट मुलुकी फौजदारी कार्यविधि संहितामा एउटा प्रावधान थप्नलाई अध्यादेश ल्याउने निर्णय गर्यो। जसले देउवालाई आफ्नै पार्टीभित्र र बाहिरसमेत आलोचित बनाइरहेको छ। देउवाको विरोधमा अन्य पार्टी र नेताहरु त उत्रिए नै, उनकै पार्टीका महामन्त्रीद्वय पनि उत्रिए। साथै, अन्य नेताहरुले पनि सार्वजनिक रुपमा अध्यादेशको विरोधमा अभिव्यक्ति दिए। देउवा र उनी निकटका नेताहरु भने सार्वजनिक बोलेका छैनन्। बरु परिस्थतिलाई नियालिरहेको देखिन्छ।

टीकापुर घटनामा संलग्न भएको आरोपमा आजीवन कैदको सजाय काटिरहेका रेशम चौधरीसहित सीके राउत नेतृत्वको जनमत पार्टी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताको मुद्दा फिर्ताका लागि अध्यादेश ल्याइएको भन्दै चौतर्फी विरोध भएको हो।

मन्त्रिपरिषद्‌बाट पारित अध्यादेश सोमबार दिउँसो राष्ट्रपति कार्यालय पुगेको छ। तर राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशका सम्बन्धमा परामर्श गरिरहेकी छिन्। जसका कारण मंगलबार अबेरसम्म अध्यादेश जारी भएको छैन।

बाहिरी विरोधले त देउवालाई खासै प्रभाव पार्ने देखिँदैन। तर, पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विरोध गरेपछि अध्यादेशकै कारण सरकारमाथि थप दबाब सिर्जना भएको देखिन्छ। यद्यपि, सञ्चारमन्त्री तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक गतिविधिमा रहेकाहरुलाई मूलधारको राजनीतिमा ल्याउने काम सरकारको भएकाले त्यही अनुरुप सरकारले अध्यादेश ल्याएको बताएका छन्।

कार्कीले मन्त्रिपरिषद् बैठकको निर्णयहरु सार्वजनिक गर्ने क्रममा सोमबार सरकारले देशभित्रको एकता र शान्तिलाई थप सुढृढ बनाउने उदेश्यले पनि अध्यादेश ल्याएको दाबी गरे। उनले त्यसो भने पनि कांग्रेसभित्र र बाहिर अध्यादेशको विरोध हुन छाडेको छैन। मंगलबार नेकपा एमाले समर्थित विद्यार्थी संगठनले काठमाडौंमा अध्यादेशको विरुद्धमा सडक प्रर्दशन नै गरेका छन्।

सरकार गठनका लागि बहुमत जुटाउने अभिप्रायले अध्यादेश ल्याइएको भन्दै यसको विरोध भइरहेको हो।

निर्वाचनबाट सत्ता गठबन्धनलाई पूर्ण बहुमत आएको छैन। जसका कारण नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीहरु महत्त्वपूर्ण भएका छन्। संघीय सरकारदेखि प्रदेश सरकारसम्म गठनका लागि यी दलहरु महत्त्वपूर्ण हुने देखिएकाले गठबन्धनका नेताहरुले ती दलका नेताहरुसँग संवाद् बढाएका थिए।

जनमत पार्टीका अध्यक्ष राउतले आफैं प्रधानमन्त्रीदेखि गठबन्धनका अन्य नेताहरुसँग संवाद् गरिसकेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

राउतले पार्टीबाट सरकारमा जाने निर्णय गरेका छन्। अर्कोतिर, नागरिक उन्मुक्ति पार्टीले सरकारमा जानुअघि शर्त राखेको छ। चौधरीको नागरिक उन्मुक्ति पार्टीले चौधरी सहित पार्टीका नेताहरुको रिहाइको आवाज उठाइरहेको छ।

चौधरीलाई डिल्लीबजार कारागारमै गएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भेटेका थिए। नागरिक उन्मुक्ति पार्टीका केही नेताहरुले गृहमन्त्री बालकृष्ण खाणसँग पनि भेटेका थिए। यस्ता संवादमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्ना नेता तथा कार्यकर्ताहरुमाथि लागेका मुद्दा फिर्ता र जेलबाट रिहाइको माग अघि सारेको छ।

मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमै यो विषयमाथि छलफल चलेको थियो। निर्वाचनपछि बसेको गठबन्धनको सो पहिलो बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन साना दलहरु समेटिनुपर्ने र त्यसका उनीहरुका केही मागहरु पूरा गर्नुपर्ने अवस्था रहेका बताएको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा प्रधानमन्त्री देउवाले राउत र चौधरीको पार्टीलाई मिलाएर गएमा केन्द्रदेखि प्रदेशसम्म बहुमत पुग्ने आकलन प्रस्तुत थिए। तर बैठकमा अध्यादेश नै ल्याउने गरी कुराकानी नभएको ती नेता बताउँछन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यसयता पनि प्रधानमन्त्री र माओवादी केन्द्र सहितका केही नेताहरु नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग संवाद जारी राखेका थिए। तिनै छलफलपछि सरकारले अध्यादेश ल्याएर उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहाइ गर्ने अभिप्राय राखेको हो। यसले जनमत र नेकपाका कार्यकर्ता पनि लाभान्वित हुने अपेक्षा गरिएको छ। यो प्रक्रियाको नेतृत्व भने गृहमन्त्री खाणले गरेका थिए। आइतबार सरकारले अध्यादेश ल्याउनुअघि अर्थात् गत शुक्रबार पनि खाणले नागरिक उन्मुक्ति पार्टीका केही प्रमुख नेताहरु छलफल गरेका थिए। त्यसपछि मात्रै सरकारले अध्यादेश ल्याउने निर्णय गरेको हो।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले चौधरीसहित सीके राउत र विप्लव लगायतका पार्टीसँग विगतमा मुद्दा फिर्ता गर्ने गरी राजनीतिक सहमति गरेकाले त्यसलाई सम्बोधन गर्न सरकारले अध्यादेश ल्याउनुपरेको दाबी गरे। ‘बाहिर विरोधका लागि विरोध जस्तो देखिएको छ’, उनले भने, ‘तर सरकारले वास्तवमा यी पक्षहरुसँग भएको सम्झौताअनुसार अहिले संसद् नभएकाले अध्यादेश ल्याएको हो।’

महतले त्यस किसिमको दाबी गरे पनि नागरिक अगुवा तथा बुद्धिजीवीहरुले निर्वाचन भइसकेको र चाँडै नै नयाँ संसद्को बैठक बस्ने भएकाले संसद्‌बाटै यस खालको कानुनहरु बनाउनु राम्रो हुने थियो भन्ने धारणा राखेको देखिन्छ। जसकारण निर्वाचनबाट ठूलो पार्टी बनेको कांग्रेसका सभापति तथा बहालवाला प्रधानमन्त्री देउवा अप्ठ्यारोमा पर्ने देखिन्छ। उनको नेतृत्वमा रहेको सत्ता गठबन्धनका अन्य घटकहरु माओवादी केन्द्र र एकीकृत समाजवादीका अध्यक्षहरु भने अहिलेसम्म मौन देखिएका छन्।
 

प्रकाशित मिति: मंगलबार, मंसिर २७, २०७९  २१:४३
  • #अध्यादेश

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्