काठमाडौं– एभरेस्ट बैंक लिमिटेडको २८ वार्षिक साधार सभाबाट आर्थिक वर्ष २०७८/०८९ का लागि सेयरधनीलाई दिन बोनश सेयर र नगद लाभांशको प्रस्ताव पारित गरेको छ।
सोमबार सकिएको बैंकको साधार सभाले शेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
बैंकले अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब पुर्याउने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ।
साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक बर्ष २०७८/०७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन पारित गरेको छ।
बैंकको ७ प्रतिशत परिवर्तनीय प्राथमिकता साझेदारी अन्तिमपटक साधरण सेयरमा परिणत हुने र प्रस्तावित बोनस सेयर वितरण भएपश्चात हालको जारी र चुक्ता पूँजी वृद्धि हुने भएकोले जारी र चुक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ।
बैंकको साधारणसभाले आव २०७९/८० को लागि एन अमात्य एंड कम्पनी, चार्टर्ड एकाउन्टेन्टसलाई लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय सर्वसम्मतिबाट पारित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।