• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

विश्वकपमा सनसनी मच्चाइरहेको मोरक्कोले कसरी पाइरहेछ सफलता?

जसले उपाधि दाबेदार मानिएका स्पेन, बेल्जियम र पोर्चुगललाई घर पठायो
64x64
नारायण अधिकारी आइतबार, मंसिर २५, २०७९  १५:२६
1140x725

काठमाडौं– सन् २०१८ को रसिया विश्वकपमा मोरक्को फुटबलको स्थिति नाजुक थियो। स्पेन, पोर्चुगल र इरानको समूहमा रहेको मोरक्कोले त्यतिबेला दुई खेलमा हार बेहोर्‍यो भने एक खेल बराबरी खेल्दै समूह ‘बी’ को पुछारमा रहेर घर फर्कियो।

तर चार वर्षपछि परिस्थिति उल्टिएको छ। रुसमा मोरक्कोलाई हराएका स्पेन र पोर्चुगलजस्ता उपाधि दाबेदार टिमलाई घर पठाउँदै इतिहास मात्रै रचेको छैन, अफ्रिकन महादेशबाट सेमिफाइनल तय गर्ने पहिलो टिम समेत बनेको छ।

अफ्रिकन फुटबलका लागि प्रसिद्ध अनुहार हर्बे रेनार्डको प्रशिक्षकमा सन् १९९८ पछि पहिलोपटक रुसमा विश्वकप खेलेको मोरक्कोका लागि सो विश्वकप उत्साहजनक भएको थिएन।

रुस विश्वकपमा मोरक्कोका कुनै खेलाडीले पनि आफ्नो प्रतिभामा थप चमक दिन सकेनन्। तर पनि त्यहाँ एकजना थिए, जो मोरक्को देशको प्रतिनिधित्व गर्न बिन्ती गरिरहेका थियो। ती व्यक्ति थिए, सन् २०१० ताकाका एक भेट्रान खेलाडी मुनिर अल हद्दादी। उनी स्पेन र बार्सिलोनाबाट चम्किरहेका थिए।

मुनिर स्पेनमा जन्मिए पनि बाबुको पुर्ख्यौली थलो मारेक्को थियो। बाबु मोरक्कन मूल निवासी थिए। उनीहरु सानै उमेरमा स्पेन बसाइ आएका थिए। तर उनले आफ्नो बाबुको मूल थलो मोरक्को जाने इच्छा देखाइरहेका थिए।

स्पेनको सबै उमेर समूहबाट खेलिसकेका थिए, मुनिरले। सन् २०१४ मा स्पेनको सिनियर टिमबाट समेत डेब्यु गरेका थिए। प्रतिभावान खेलाडी मुनिरले मोरक्को फर्कने इच्छा देखाएपछि विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नियम परिवर्तन गर्न भन्दै मोरक्कोले निवेदन दियो।

रोयल मोरक्कोन फुटबल फेडेरेसन (एफएमआरएफ) र मुनिरको तर्फबाट दिइएको निवेदनमा फिफा सकारात्मक देखिएन। त्यसपछि उनीहरु कोर्ट अफ एर्बिट्रेसन अफ स्पोर्टस्‌मा पुगेका थिए। त्यसपछि फिफाको नियमलाई लिएर बहस सुरु भयो। सन् २०१८ मे १४ मा उनीहरुको अनुरोधलाई अदालतले समेत अस्वीकार गरिदियो।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०२० अक्टोबर १ मा भने फिफाले नियम परिवर्तन गर्‍यो। २१ वर्षभन्दा कम उमेरमा राष्ट्रिय टिमबाट तीन खेल खेलिसकेको खेलाडीले चाहेमा आफ्नो राष्ट्रिय टोली परिर्वतन गरी खेल्न सक्ने नियम बनायो। उक्त नियम अनुसार मुनिर मोरक्कोबाट खेल्न योग्य भएनन्। पछि उक्त नियम हटाएर खेलाडीले चाहेको अवस्थामा राष्ट्रिय टोली परिवर्तन गरेर खेल्न सक्ने भन्दै फिफाले सन् २०२१ जनवरी २८ मा निर्णय गरेपछि मुनिरका लागि मोरक्को टिमको ढोका खुल्यो।

मुनिरले राष्ट्रिय टिमका लागि सोचअनुसार गर्न नसके पनि मोरक्को फुटबलको आजको प्रगतिमा उनको भूमिका छ। उनकै नजिरमा टेकेर थुप्रै खेलाडीहरु मोरक्को पुगेर अहिले चम्किरहेका छन्। जारी विश्वकपको २६ सदस्यीय टोलीमा मोरक्को बाहेकको देशमा जन्मिएर मोरक्कोबाट खेल्ने १४ जना खेलाडी छन्।

त्यही 'फिलसोफी'मा टेकेर अहिले मोरक्कोले प्रगति गरिरहेको छ। कठिन समूहमा रहेको मोरक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरिसककेको छ। युरोपियन हेबिवेट क्रोएसिया, बेल्जियमजस्ता टिमको समूहमा मोरक्को परेको थियो। फिफा बरियतामा २ नम्बरमा रहेको बेल्जियमलाई मोरक्कोले २–० ले हराएको थियो भने क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो।

मोरक्कोसँग हार बेहोरेको भन्दै ब्रसेल्समा तोडफोड समेत भयो। मोरक्कोसँग पराजित हुनु बेल्जियमका लागि अप्रत्याशित मानिएको थियो। तर अहिलेसम्म मोरक्कोले गरिरहेको प्रदर्शनबाट उनीहरु चकित हुनुपर्ने अवस्था देखिएको छ।

Xtrem

Xtrem

प्रिक्वाटर फाइनलमा विश्वविजेता स्पेनलाई 'टाइब्रेकर'मा हराएर मोरक्कोले अर्को सनसनी मच्चायो। गए राति भएको क्वाटरफाइनलको खेलमा उपाधि दाबेदार मानिएको क्रिस्टियानो रोनाल्डोको टिमलाई १–० ले हराउँदै मोरक्कोले चकित पार्‍यो। सेमिफाइनलसम्मको यात्रा तय गर्दा मोरक्कोले हालसम्म १ गोल मात्रै खाएको छ, क्यानडासँगको खेलमा। त्यो पनि 'सुसाइड' गोल हो।

मोरक्कोन खेलाडीहरुको शक्तिशाली प्रदर्शनले विपक्षीलाई अहिले असिनपसिन बनाएको छ। अन्य देशमा जन्मिएर आफ्नो पुर्खाको थलो भन्दै मोरक्को फर्केका युवा खेलाडीहरुको मजबुत टिम 'सेटअप' सहितको प्रदर्शनले सबैलाई चकित बनाएको छ।

मोरक्कोका खेलाडीमध्ये मुख्य भूमिकामा देखिएका सबैजसो खेलाडी अन्य देशमा जन्मिएरपछि मोरक्को पुगेका हुन्। मुख्य प्रशिक्षक वालिद रेग्रागुई स्वयं पेरिसमा जन्मिएका थिए। पछि उनी मोरक्को नेसनल टिमको कप्तान समेत भएका थिए।

मोरक्कोबाट मात्रै होइन, जारी विश्वकपमा एउटा देशमा जन्मिएर अर्को देशबाट खेल्ने खेलाडीको सूची १०० छ। तर, उनीहरुमा भन्दा मोरक्कोले केही भिन्न गरिरहेको छ। जसको सफलताको अहिले चर्चा भइरहेको छ। मोरक्को टिमको यो सफलतामा मुनिरको नजिर एक कारक बनेको विश्लेषण गरिन्छ।

१४ खेलाडी नै जन्मिएका थिए अन्य देशमा
विश्वकप खेल्नका लागि छनौट भएका २६ सदस्यीय टोलीमध्ये मोरक्कोमै जन्मिएका जम्मा १२ खेलाडी मात्रै अहिलेको राष्ट्रिय टिममा छन्। बाँकी १४ खेलाडी मोरक्कोबाहेक अन्य देशमा जन्मिएर अहिले विश्वकपमा तहल्का मच्चाइरहेका छन्। स्पेन, क्यानडा, फ्रान्स, नेदरल्याण्ड्स, बेल्जियम र इटालीमा जन्मिएका उनीहरु मोरक्को पुगेर फुटबलमा क्रान्ति गरिरहेका हुन्।

अन्य देशमा जन्मिएर मोरक्को पुगेका हरेक खेलाडीको पछाडि आ–आफ्नै कथाहरु छन्– उनीहरु किन र कसरी मोरक्को पुगे।

जारी विश्वकपमा एकमात्र गोल खाएका गोलरक्षक यासिने बोनु क्यानडाको मोन्टोरियलमा सन् १९९१ मा जन्मिएका थिए। ३ वर्षको उमेरमा उनी मोरक्कोको पश्चिममा रहेको व्यवसायिक सहर कासाब्लान्का पुगेका थिए। पछि उनी मोरक्कोकै नागरिक बने।

विश्वकपमा यासिनेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। क्यानडाविरुद्धको खेलमा उनले एक गोल खाएका थिए, 'सुसाइड' गोल। मोरक्कोका लागि उनले ४९ क्याप खेलिसकेका छन्।

मोरक्कोको डिफेन्स लाइनका खम्बा असरफ हाकिमी स्पेनबाट मोरेक्को पुगेका हुन्। पीएसजी क्लबबाट व्यवसायिक फुटबल खेल्ने हाकिमी स्पेनको मड्रिडमा जन्मिएका थिए। उनी तीव्र गतिका लागि परिचित छन्।

स्पेनको लस ब्लान्कोस स्काउट्सले आयोजना गरेको प्रतियोगितामा हाकिमीको प्रतिभा देखेपछि रियल मड्रिड क्लबले उनलाई लगेको थियो। त्यतिबेला उनी जम्माजम्मी ८ वर्षको मात्रै थिए। स्पेनको उमेर समूहको खेलमा हाकिमीलाई बोलाइयो तर बाबुआमाका कारण मोरक्कोन र अरबी संस्कृतिसँग उनको निष्ठा थियो। जसकारण आफू अहिले मोरक्कोको टिममा रहेको हाकिमीले बताएका छन्।

कप्तान रोमन साइस फ्रान्सबाट मोरक्को अर्का खेलाडी पुगेका हुन्। फ्रान्सको बोर्ग–डे पिगमा सन् १९९० मा उनको जन्म भएको थियो। उनले फ्रान्सका लागि ७० क्याप खेलिसकेका छन्। मोरक्कोको सेमिफाइनलसम्मको यात्रामा कप्तान रोमनको मुख्य भूमिका छ।

सन् १९९३ मा नेदरल्याण्ड्सको ड्रोनटिनमा जन्मिएका हाकिम जियाच मोरक्को मुख्य फरवार्ड हन्। डिफेन्स लाइनसम्म पुगेर बल क्लियर गर्ने जियाचको क्षमताले विपक्षी स्ट्राइकरलाई विश्वकपमा तनाव दिइरहेको छ। उनले नेदरल्याण्ड्सको यु–२० र यु–२१ बाट गरी ६ क्याप खेल समेत खेलिसकेका थिए। मोरक्कोबाट भने उनले ४७ क्याप खेलेका छन्।

नौसर मोजरोई सन् १९९७ मा नेदरल्याण्ड्सको लिडरड्रोपमा जन्मिएका थिए। जर्मन क्लब बार्यन म्युनिखबाट व्यवसायिक फुटबल खेल्दै आएका उनी सन् २०१८ मा डच क्लब आयाक्सबाट बार्यन पुगेका हुन्। डिफेन्डरको भूमिकामा खेल्ने उनले मोरक्कोको राष्ट्रिय टिमबाट १९ क्याप खेलेका छन्।

सोफ्यान अम्रभाट नेदरल्याण्ड्सबाटै मोरक्को पुगेका खेलाडी हुन्। नेदरल्याण्ड्समा सन् १९९६ मा जन्मिएका उनले नेदरल्याण्ड्सको यु–१५ टिमबाट ४ क्याप समेत खेलेका थिए। मोरक्को मिडफिल्डका मुख्य हतियार उनी अहिले फ्लोरेन्टिना क्लबबाट व्यावसायिक फुटबल खेल्छन्।

मोरक्कोका अर्का अट्याकिङ मिडफिल्डर इलियास चेयर बेल्जियममा जन्मिएर पछि मोरक्को पुगेका हुन्। २५ वर्षीय यी युवा खेलाडीले मोरक्कोबाट १० क्याप खेलेका छन्।

मिडफिल्डर सलिम अमल्लाह सन् १९९६ मा बेल्जियममा जन्मिएका थिए। अहिले उनी मोरक्कोबाट विश्वकप खेलिरहेका छन्।

बिलाल एल खानोस जम्माजम्मी १८ वर्षका मात्रै भए। बेल्जियममा जन्मिएका उनले बेल्जियमको यु–१५, यु–१६ र यु–१८ समूहका गरी १३ खेल खेलिसकेका छन्। मोरक्कोको २६ सदस्यीय टोलीमा रहेका उनले भने अहिलेसम्म डेब्यु गर्ने मौका पाएका छैनन्।

मुनिर मोहम्मदी स्पेनबाट मोरक्को पुगेका खेलाडी हुन्। स्पेनको कुएटामा सन् १९८९ मा जन्मिएका मोहम्मदीले मोरक्कोबाट ५८ क्याप खेलेका छन्। जारी विश्वकपमा पनि उनले राम्रो प्रर्दशन गरिरहेका छन्।

इंग्लिस क्लब बर्नलीमा आबद्ध २२ वर्षीय युवा खेलाडी अनास जरौरी मोरक्कोबाट जम्माजम्मी १ खेल मात्रै खेलेका छन्। बेल्जियमको यु–१७, यु–१८, यु–२१ मा गरी १४ क्याप उनले खेलेका छन्।

नेदरल्याड्समा जन्मिएका जकारिया अबुखलले नेदरल्याड्सको यु–१७, यु–१८, यु–१९ र यु–२० मा गरी ३१ क्याप खेलेका छन्। जम्मा २२ वर्षका यी युवा खेलाडीले मोरक्कोका लागि १४ क्याप खेलेका छन्।

सोफियान बाउफल मोरक्को सुरुवाती ११ का प्रतिभाशाली खेलाडी हुन्। फ्रन्टलाइनबाट खेल्ने उनी फ्रान्समा जन्मिएका थिए। २९ वर्षका यी खेलाडीले मोरक्कोको राष्ट्रिय टिमबाट ३६ खेल खेलिसकेका छन्।

वालिद चेदिरा इटालीबाट मोरक्को पुगेका हुन्। मोरक्कोबाट उनले ३ खेल खेलेका छन्। 

वालिद रेग्रागुई फ्याक्टर
कतार विश्वकपमा तीन महिनाअघि मात्रै वाहिद हलिलहोजिकलाई रोयल मोरक्को फुटबल फेडेरसनले बर्खास्त गरेपछि विश्वकपमा ‘एटदस लायन्स’ अर्थात् मोरक्को फुटबल टिमको प्रदर्शनलाई लिएर चिन्ता व्यक्त गरिएको थियो। हलिलहोजिकको उत्तराधिकारी बन्नेलाई अवसर र चुनौती दुवै थिए।

खुइले टाउकाको कारण मायापूर्वक ‘एभोकाडो हेड’ निक नामबाट चिनिएका वालिद रेग्रागुईलाई मोरक्कोको प्रशिक्षकको जिम्मेवारी दिइयो। जो फ्रान्समा जन्मिएर मोरक्को फुटबलको कप्तानसम्म भएका पूर्वडिफेन्डर थिए। उनले मोरक्कोबाट ४५ क्याप खेलेका थिए। जिम्मेवारी सम्हालेदेखि रेग्रागुईले सफलताभन्दा अरु केही देखेनन्। उनले मोरक्को क्लब एफयूएसलाई लिग जिताएका थिए।

मोरक्को फर्कनुभन्दा अघि उनले आफ्नै प्रशिक्षत्वमा कतारको क्लब अल दुहेललाई लिग जिताएका थिए। मोरक्को आएपछि वैदाद कैसाब्लांकालाई पनि लिग जिताए। प्रशिक्षकको जिम्मेवारी सम्हालेदेखि नै सफलता मात्रै हात पारेका उनै रेग्रागुईले मोरक्को राष्ट्रिय टिमको जिम्मेवारी लेलान् कि के गर्लान् भनेर निकै चासोका साथ हेरिएको थियो। धेरै मोरक्कनहरुले विश्वकपपछि रेग्रागुईले मोरक्को टिमको जिम्मेवारी लिने आंकलन गरेका थिए। तर जब विश्वकपको मुखमा रेग्रागुईलाई प्रशिक्षक तोकियो, मोरक्कनहरु दुःखी हुनुपर्ने स्थिति आएन।

अफ्रिकन फुटबलमा अहिले रेग्रागुईलाई जोसे माउरिन्होसँग तुलना गर्न थालिएको छ। रेग्रागुइले माउरिन्होको जस्तो उत्कृष्ट 'म्यानेजमेन्ट' र अनुशासनका साथ खेलाडीहरुलाई मैदानमा उतारेर सफलता दिलाएको भन्दै तुलना गरिएको हो।

स्पेनसँगको नाटकीय जितपछि रेग्रागुईको एउटा भिडिओ भाइरल नै बनेको थियो। भिडको बीचमा उभिएकी आमा भएको ठाउँमा दौडिँदै गएर रेग्रागुईले अंकमाल र किस गरेका थिए। विभिन्न ६ देशमा जन्मिएका खेलाडीलाई एकीकृत बनाएर ढुक्कसँग खेलाउन सक्ने रेग्रागुईको अहिले तारिफ भइरहेको छ।

विश्वकपमा खेलाडीहरुलाई भावनात्मक रुपमा नजिक बनाउन निकै गाह्रो हुन्छ। तर रेग्रागुईले खेलाडीका परिवारहरुलाई समेत सँगै राखेर प्रतिक्रिया लिने र हौसला प्रदान गर्ने मौका दिइरहेका छन्।

त्यसको एउटा उदाहरण अहिले भाइरल बनेको असरफ हाकिमी र उनको आमाको फोटो हो। जहाँ खेल सकिएपछि हाकिमीलाई आमाले चुम्बन गरेकी थिइन्।

रेग्रागुई आफैं आफ्नी आमा फतिमालाई भेटेर हौसला लिने गर्छन्। फतिमाले आफ्ना छोरा रेग्रागुईलाई खेलाडी र प्रशिक्षकको रुपमा पहिलो पटक प्रत्यक्ष हेरको भनेको कतार विश्वकपमै हो।

जब महासंघले गम्भीर भएर सोच्यो
मोरक्को फुटबलको सफलताका पछाडि रोयल मोरक्को फुटबल फेडेरेन (एफएमआरएफ) को पनि मुख्य भूमिका छ। दशकौंको प्रयासपछि राजा मोहमम्द छैटौँले फुटबल संरचनालाई परिर्वतन गर्ने निर्णय गरेका थिए।

सन् २००९ मा मोहम्मद छैटौँले फुटबल एकेडमी खोले। जुन एकेडेमीबाट हिजो पोर्चुगलविरुद्ध गोल गरेका योसुफ इन नेसिरी, नायफ एग्युर्डजस्ता खेलाडीले उत्पादन भए। सँगै मोरक्कोन मूल निवासीहरु पत्ता लगाउने र फिर्ता गराउनेसम्मका काम एफएमआरएफले गर्‍यो।

पुरुष फुटबलमा मात्रै होइन, महिला फुटबलमा समेत राजा मोहम्मद छैटौँले यही फर्मुला प्रयोग गरे। फुटबल स्कुल र क्लब निर्माण गर्नेदेखि लिगहरुका 'स्ट्रकचर'मा समेत केही परिर्वतन गरियो। मोरक्को मात्रै यस्तो देश हो, जहाँ 'एफएमआरएफ'कै लगानीमा दुई वटा महिला फुटबलका दुई वटा संरचना छन्।

राजा छैटौँले राजधानी रावतमा ठूलो फुटबल तालिम कम्प्लेक्स बनाएका छन्। जहाँ पाँच तारे होटलहरु समेत छन्। फिफा स्टान्डर्डका आठ वटा मैदान छन्। एउटा मैदानमा जलवायु यान्त्रिक (क्लाइमेट कन्ट्रोल) छ। जहाँ स्वास्थ्य उपचारको समेत व्यवस्था मिलाइएको छ। पछिल्लो दशक गरिएको उक्त लगानीको प्रतिफल कतार विश्वकपमा अहिले मोरक्कोले लिइरहेको छ।
(स्पोर्टिङन्यूज, सीएनएन, द गार्डियन, बीबीसीमा प्रकाशित सामग्रीहरुमा आधारित)

प्रकाशित मिति: आइतबार, मंसिर २५, २०७९  १५:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नेपालको फिफा वरीयता एक स्थान खस्कियो विश्व फुटबलको सर्वोच्च निकाय फिफाबाट निलम्बित नेपालको विश्व वरीयतामा नेपाल एक स्थान तल झरेको छ। बिहीबार, असोज २२, २०८३
राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन्। प्रशिक्ष... बुधबार, असोज २१, २०८३
राष्ट्रिय टोलीबाट महान् खेलाडी मेसीको भावुक विदाइ अर्जेन्टिनाका फुटबल स्टार लिओनल मेसीले बुधबार बेनिनविरुद्धको मैत्रीपूर्ण खेलसँगै अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइ लिएका छन्। ब्युनस आय... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी शुक्रबार, असोज २३, २०८३
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्