काठमाडौं– गुल्मीमा २१ वर्षीय युवक बलात्कार आरोपमा पक्राउ परेका छन्। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मुसिकोट नगरपालिका-१ पखेराका २१ वर्षीय दीपेन्द्र विक पक्राउ परेका हुन्। 
विकलाई प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको हो। शुक्रबार बिहान विकले किशोरीलाई बलात्कार गरेको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले युवकको खोजी थालेको थियो। 
प्रहरी चौकी पौदिअमराईबाट खटिएको प्रहरीले विकलाई शनिबार दिउँसो पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।