काठमाडौं– साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) पनि नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो।
आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ पुगेको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख रुपैयाँ पुगेको छ।
यसअघि गत साताको अन्तिम दिन (शुक्रबार) सुनको मूल्य तोलामा ६०० रुपैयाँ बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३ सय र तेजाबी सुन प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ। आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी तोलामा ३० रुपैयाँ बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।