काठमाडौं– समानुपातिक सूची टुंग्याउन शनिबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय लिन नसकेपछि सभापति शेरबहादुर देउवालाई जिम्मा दिइएको छ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले व्यक्तिगत र सामूहिक छलफल गर्नका लागि सभापतिलाई जिम्मा दिइएको बताए।
‘व्यक्तिगत रुपमा पदाधिकारी र सदस्य साथीहरुले स्पेसिफिक सल्लाह दिन चाहनुहुन्छ। कतिपय सूचीमा भएका पदाधिकारी साथीहरु पनि हुनुहुन्छ। व्यक्तिग रुपमा पनि राय सल्लाह सुझाव लिएर, अन्य साथीहरुको सुझाव सल्लाहलाई मध्यनजर गरेर सभापतिले निर्णय गर्नुहुन्छ’, उनले भने।
प्रतिनिधि सभामा कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। त्यसमध्ये २९ जना पुरुष चयन गर्नुपर्ने भएपछि विवाद उत्पन्न भएको छ। पार्टी केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले भने तीन जना पुरुष उम्मेदवार चयनमा विवाद देखिएको बताए।
सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुर, पार्टी प्रवक्ता प्रकाशशरण महत, प्रभावशाली नेताहरु विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ लगायतका नेताहरु समानुपातिक सूचीमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।