काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले विगतको संसदीय कार्यकालमा आफूले आफ्नो क्षेत्र काठमाडौं क्षेत्र नम्बर १ को विकासमा उल्लेख्य योगदान गरेको दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजना गरिएको धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्दै सिहंले काठमाडौं– १ देशकै मुटु भएकाले जनप्रतिनिधिलाई सचेत र सजग गराइराख्नु पर्ने धारणा राखे।
देशलाई विकासको बाटोमा अगाडि बडाउन नागरिकको सुझाव सदैव आवश्यक रहेको उनले बताए। अहिले पनि मुलुक जटिल मोडमा रहेको भन्दै राजनैतिक स्थायित्व प्रदान गर्नु पहिलो चुनौती रहेकोसमेत बताएका छन्। जनताको सुशासनप्रतिको चाहाना पूरा गरेर अगाडि बढ्नुपर्ने समेत उनले बताए।
सिहंले अहिले नेपालको राजनीतिमा आएको परिर्वतनलाई आफूले नजिकबाट बुझेको र जनताले चाहेको परिर्वतनलाई सफल बनाउन लागि पर्ने बताए। यस्तो जटिल समयमा पनि जनताले आफूलाई विश्वास गरेकोप्रति आफू गम्भीर रहेकोले अबका दिनमा नागरिकको खबरदारीसँगै अगाडि बढ्ने आश्वासन दिए।
सिंह काठमाडौं–१ बाट नवनिर्वाचित सांसद हुन्। यसक्षेत्रमा उनी लगातार जितिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।