काठमाडौं– नेपाली कांग्रेसले समानुपातिक सांसदको अन्तिम सूची टुंगो लगाउने जिम्मा सभापति शेरबहादुर देउवालाई दिइएको छ। शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूचीको अन्तिम टुंगो लगाउने जिम्मा देउवालाई दिएको छ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतले व्यक्तिगत र सामूहिक छलफल गर्नका लागि सभापतिलाई जिम्मा दिइएको बताए। ‘व्यक्तिगत रुपमा पदाधिकारी र सदस्य साथीहरुले स्पेसिफिक सल्लाह दिन चाहनुहुन्छ। कतिपय सूचीमा भएका पदाधिकारी साथीहरु पनि हुनुहुन्छ। व्यक्तिग रुपमा पनि राय सल्लाह सुझाव लिएर, अन्य साथीहरुको सुझाव सल्लाहलाई मध्यनजर गरेर सभापतिले निर्णय गर्नुहुन्छ’, उनले भने।
प्रतिनिधि सभामा समानुपातिकमा कांग्रेसले ३२ सिट प्राप्त गरेको छ। समानुपातिक सांसदको सूची शनिबार नै निर्वाचन आयोगलाई बुझाउनुपर्ने छ। महतले समयभित्रै सूची बुझाइने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।