• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, पुस ३०, २०८२ Wed, Jan 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

कांग्रेसबाट समानुपातिकमा समेट्नैपर्ने पुरुष नेता ५, ‘कोटा’ जम्मा ३ जनाको 

64x64
नवीन झा शुक्रबार, मंसिर २३, २०७९  ०९:२२
1140x725

काठमाडौं– निर्वाचन आयोगले बन्द सूचीबाट समानुपातिकतर्फ दलहरुलाई नाम छनोट गरेर पठाउन पत्र काटेको छ। समानुपातिकमा प्राप्त मतअनुसार निर्वाच आयोगले कांग्रेसलाई ३२ वटा सिट दिएको छ। नेपाली कांग्रेसले समानुपातिक तर्फको नामहरु छनोटका बारेमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक शनिबार बोलाएको छ।  

प्रतिनिधि सभाको प्रत्यक्षमा एक महिला गरी ५७, समानुपातिक ३२ र ३ महिलासहित राष्ट्रिय सभामा १० जना कांग्रेसका सांसद् छन्। संघीय संसद्‌मा जम्मा ९९ सांसद् हुँदा कांग्रेसले संविधानअनुसार ३३ जना महिला समेट्नुपर्नेछ। 

३ जना राष्ट्रिय सभा र १ प्रत्यक्ष निर्वाचित गरी ४ जना महिला भएकाले समानुपातिकबाट २९ जना ल्याउनुपर्नेछ। समानुपातिकमा प्राप्त ३२ सिटमध्ये कांग्रेसले २९ जना महिला नै सिफारिस गर्नुपर्नेछ। कांग्रेसको तर्फवाट पुरुष ३ जना मात्र पाउने भएका छन्। 

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार संघीय संसदमा सबै दलवाट १ तिहाई  महिलाको प्रतिनिधित्व हुनुपर्ने अनिवार्य व्यस्था छ। प्रत्यक्षतर्फ ५७ सिट जितेको कांग्रेसबाट महिला भने एक उम्मेदवार मात्रै विजयी छन्। यसअनुसार संघीय संसदमा एक तिहाई पुर्‍याउन उसले समानुपातिकबाट कम्तिमा २९ जना निर्वाचित गर्नुपर्नेछ। 

राष्ट्रिय सभामा कांग्रेसका १० जनजा सांसद छन्। जसमध्ये ३ जना महिला छन्।  यसरी हाल संघीय संसद्‌मा कांग्रेसको जम्मा ४ जना महिला पुग्छ। एक तिहाई पुर्‍याउ अब कांग्रेसले २९ जना समानुपातिकबाट ल्याउनु पर्छ। 

महिलाको प्रतिनिधित्वपछि समानुपातिकमा अन्य कलस्टर समेत पूरा गर्नुपर्छ। ३२ सिटमा आदिवासी जनजातिबाट ९, खस आर्यबाट १०, थारुबाट २, दलितबाट ५, मधेसी ५, मुस्लिमबबाट १ जना समेट्नैपर्ने हुन्छ। जसमा पिछडिएको क्षेत्र कम्तीमा १ जना समावेश हुनुपर्छ। 

महिला धेरै समेट्नुपर्ने भएकाले यी कलस्टरबाट पुरुष छानिने सम्भावना कम छ। तर, कांग्रेसमा समानुपातिकबाट सांसद् ‘बनाउनैपर्ने’ कम्तिमा ५ जना पुरुष नेता रहेकका छन्। जो आफ्नो कलस्टरको पहिलो नम्बरमा समेत छन्। 

खस आर्यबाट पहिलो नम्बरमा पार्टी प्रवक्ता प्रकाशशरण महत, आदिबासी जनजातिबाट पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसीबाट  पूर्व उपसभापति विमलेन्द्र निधि, दलितबाट सहमहामन्त्री जीवन परियार र मुस्लिमबाट फरमुल्लाह मन्सुर रहेका छन्। 

Ncell 2
Ncell 2

नेताहरुले प्रतिनिधित्व गर्ने समुदाय र पार्टीमा हाल कायम जिम्मेवारीलाई हेर्दा सहमहामन्त्रीद्वय परियार र मन्सुर ‘निर्विरोध’ छानिने छन्। अन्य ३ भन्दा पार्टीमा अवसर समेत कम पाएका उनीहरुलाई सांसद न्यायिक देखिन्छ। अरु तीनमध्ये एक छान्नुपर्ने हुन्छ। तर, नेताहरुको लविइङ र निकटताले समेत प्रभाव पार्ने भएकाले यी पाँचमध्ये छानिने ३ जनाको अझै टुंगो लागेको छैन।

कसको सम्भावना कति?
आदिवासी जनजातितर्फ ९ जना छान्नुपर्नेछ। कांग्रेसले निर्वाचन आयोगमा बुझाएको बन्दसूचीको क्रमअनुसार पुरुषबाट गोपालमान श्रेष्ठको सम्भावना छ। बाँकी ८ जना महिला नै हुनेछन्। महिलाहरुमा सरस्वती बजिमय, लिलादेवी वोखिम (लिम्बू), सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर र मनोरमा शेरचन निर्वाचित हुनेछन्। यो कलस्टरमा पुरुष नछानिएको खण्डमा अञ्जनी श्रेष्ठ निर्वाचित हुन सक्छिन्। 

यस्तै, खस आर्यको १० जनामा पुरुषबाट प्रकाशशरण महत पहिलो नम्बरमा छन्। पुरुषबाट उनले पाउँदा महिला तर्फबाट अम्बिका बस्नेत, सरिता प्रसाइ, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल र मैना रावल कार्की निर्वाचित हुनेछन्। महतले नपाउँदा उमा दाहालले पाउने सम्भावना रहन्छ।

यसैगरि थारु कलस्टर तर्फको २ जनामा पुरुषबाट १ कजना छानिएको अवस्थानमा योगेन्द्र चौधरी पहिलो नम्बरमा छन्। तर, यो कलस्टरबाट पुरुष पाउने सम्भावना देखिँदैन। महिला तर्फबाट कल्पना चौधरी  र बिना कुमारी थनेतको सम्भावना बलियो बनेको छ।  

दलित कलस्टर तर्फको ५ जनामा सहमहामन्त्री जीवन परियार पुरुषतर्फ पहिलो नम्बरमा छन्। उनी छनोट हुँदा महिला तर्फबाट शान्ति विक, रुपा विक,  सीता मिजार, आशा विक निर्वाचित हुने छन्। सहमहामनन्त्री परियार छनोट नहुँदा विष्णुमाया परियार निर्वाचित हुनेछिन्। 

मधेसी कलस्टरको ५ जनामा १ जना पुरुष छनोट हुँदा विमलेन्द्र निधिले पाउनेछन्। महिलातर्फ नगिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी र संगीता मण्डल निर्वाचित हुनेछिन्। निधिले यसपल्ट सांसद नबन्ने उदारता देखाउँदा भने उनकी भाञ्जी नीनुकुमारी कर्णले अवसर  पाउनेछिन्। 

मुस्लिम कलस्टरबाट १ जनाले पाउँदा पुरुष पठाएमा सहमहामन्त्री फरमुल्लाह मन्सुर निर्वाचित हुनेछन्। यदि पुरुष नभएर महिला पठाएको खण्डमा जावेदा खातुन जागा निर्वाचित हुनेछिन्। 

प्रकाशित मिति: शुक्रबार, मंसिर २३, २०७९  ०९:२२
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
निर्वाचन आयोगले भन्यो- उम्मेदवारी दर्तासँगै जनप्रतिनिधिको पद स्वतः खारेज हुन्छ आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा आयोगले जारी गरेको सूचना अनुसार बहालवाला जनप्रतिनिधिले उम्मेदवारी दर... सोमबार, पुस २८, २०८२
आज अपराह्नसम्ममा समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचनमा राजनीतिक दलले यही पुस १३ र १४ गते पेस भएको बन्दसूचीका सम्बन्ध... सोमबार, पुस २८, २०८२
चुनावमा सामाजिक सञ्जालको दुरुपयोग रोक्न मेटा, टिकटकलगायतलाई आयोगको आग्रह आयोगले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस सम्बन्धमा मेटा र टिकटकका प्रतिनिधिसँग सम्पर्क भइसकेको जनाएको छ । शुक्रबार, पुस २५, २०८२
ताजा समाचारसबै
विशेष महाधिवेशन :  साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, आज मतदान नहुने मंगलबार, पुस २९, २०८२
मन्त्रिपरिषद्का १९ निर्णय सार्वजनिक (सूचीसहित) मंगलबार, पुस २९, २०८२
केन्द्रीय समिति बैठक अझै सुरु भएन,शीर्ष नेता छुट्टै छलफलमा मंगलबार, पुस २९, २०८२
पाँच अंकले बढ्यो नेप्से मंगलबार, पुस २९, २०८२
विशेष महाधिवेशनको मतदाता सूचीबाट राष्ट्रपतिको नाम हटाउन शीतल निवासको अनुरोध मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
बालेन केपी ओलीसँग भिड्ने निश्चित, माघ ४ गते राजीनामा दिने सोमबार, पुस २८, २०८२
देउवासँग छलफल गर्न महाराजगञ्ज पुगे शेखरसहित नेता सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलमा बोलाए सोमबार, पुस २८, २०८२
गायक तथा अभिनेता प्रशान्त तामाङ रहेनन् आइतबार, पुस २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्