• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
निर्वाचन विशेष

पार्टी फुटबाट ‘चेला’ नेतालाई फाइदा: ‘गुरु’लाई हराएर सत्ता राजनीतिमा उदय

64x64
ईश्वर बराल बिहीबार, मंसिर २२, २०७९  १३:४८
1140x725

काठमाडौं– पार्टीमा आएको फुटकै कारण केही ‘चेला’ नेताले यो निर्वाचनबाट संसदीय राजनीतिमा अवसर पाएका छन्। सत्ता, शक्ति र पार्टीको उपल्लो तहमा रजगज गरिरहेका नेता पार्टीमा रहँदा रहँदै मातहत तहमा रहेका नेताले कमै अवसर पाउने गरेका थिए, छन्।

इलाम क्षेत्र नम्बर १ मा एकीकृत समाजवादीका ‘सम्मानित नेता’ झलनाथ खनाललाई पराजित गर्दै एमालेका महेश बस्नेत प्रतिनिधि सभामा निर्वाचित भए। २०४८ पछिका सबै निर्वाचनमा तत्कालीन एमालेबाट निरन्तर प्रतिस्पर्धा गरेका खनालले अघिल्लो वर्ष उक्त पार्टी त्यागेर एकीकृत समाजवादी गठन गरे। अघिल्ला निर्वाचनहरूमा निरन्तर खनाललाई जिताउन अहम् भूमिकामा रहने बस्नेत खनाल नयाँ पार्टीमा लागेकै कारण उनैलाई पराजित गर्दै निर्वाचित भए।

तत्कालीन एमालेमा हुंदा पार्टी अध्यक्ष तथा देशकै प्रधानमन्त्रीसम्म भएका खनाललाई जिल्ला तहको नेतृत्वमा रहेका बस्नेतले करिब २ हजार मतान्तरले पराजित गरे।

खनालले पार्टी परिवर्तन गरेकै कारण बस्नेतले संसदीय राजनीतिमा अवसर पाएका हुन्। खनाल एमालेमै रहेको भए ६२ बर्षीय बस्नेतले संसदीय राजनीतिका लागि कम्तिमा अरू ५ बर्ष कुर्नैपर्ने अवस्था थियो। एमाले इलामको राजनीतिमा ‘सर्वमान्य’ नेताको हैसियतमा रहँदा खनाललाई छोडेर अर्को नेता अघि बढ्न सक्ने स्थिती रहँदैन थियो।

पार्टीमा आएको फुटले इलाम १ मा नयाँ नेताले संसदीय प्रतिस्पर्धा गर्ने अवसर पाए र स्थापित पनि भए।

यस्तै, पार्टीकै फुटले गर्दा आफ्नै पूर्व नेता तथा राजनीतिक गुरूलाई पराजित गरेर निर्वाचत भएका नेता हुन मकवानपुर २ का महेश बर्तौला। उनले एकीकृत समाजवादीका विरोध खतिवडालाई पराजित गरे। संसदीय राजनीतिका लागि खतिवडालाई क्षेत्र छोड्नु परेपछि बर्तौलाको संसदीय यात्रा अनिश्चित थियो।

खतिवडाले पार्टी छोडेर अलग भएकै कारण चेला बर्तौलाले अवसर पाए। र, उनै ‘गुरु’ खतिवडा पराजित गरे। खतिवडा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य हुन्। बर्तौलाले खतिवडालाई ४ हजार मतान्तरले पारजित गरे।

‘गुरु’ खतिवडाले पार्टी बदल गरेकै कारण ‘चेला’ बर्तौलाले संसदीय राजनीतिमा नयाँ नेताका रुपमा स्थापित हुने अवसर पाए।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, पाल्पा क्षेत्र नम्बर २ मा २०७० र २०७४ को निर्वाचनमा चुनावी कमाण्डर भएर तत्कलीन एमाले नेता र हाल एकीकृत समाजवादीका नेता सोम प्रसाद पाण्डेलाई निर्वाचित गराउन भूमिकामा रहेका एमाले नेता ठाकुर गैरेले उनै पाण्डेलाई पराजित गर्दै चुनाव जिते। पाण्डे  अलग पार्टीबाट राजनीति गर्न थालेपछि गैरेले अवसर पाए र मतदाताको मतलाई आफ्नो जितमा परिवर्तन गराए। 

अघिल्ला २ निर्वाचनमा पाण्डेलाई छोड्नु परेकाले दादी  रहँदा रहँदै पनि गैरे संसदीय प्रतिस्पर्धाका लागि पछि हट्नु परेको थियो। तर, यसपटक भने एमालेको टिकट पाएका गैरेले पाण्डेलाई करिब ४ हजार मतान्तरले पराजित गरे।

पार्टी राजनीतिमा संगै र एउटै कित्तामा रहंदा एकीकृत समाजवादीकी नेता रामकुमारी झांक्रीले पनि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्नलाई अर्का नेता गोकर्ण बिस्टका लागि क्षेत्र ‘छाड्नु’ परेको थियो। झांक्री एकीकृत समाजवादीमा र बिस्ट एमालेमा बाँडिएकाले यो निर्वाचनमा झांक्रीले प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्ने अवसर पाइन। यद्यपि झांक्री उनै बिस्टसँग पराजित भइन्। तर फरक पार्टीमा भएकै कारणले मात्र प्रत्यक्षतर्फ प्रतिस्पर्धामा होमिने अवसर भने पाइन्।

गुल्मी क्षेत्र नम्बर २ मा प्रतिस्पर्धा गरेका झाँक्री र बिष्टको मतान्तर करिब २ हजारको रह्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

प्रतिनिधि सभाको एक मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा एमालेबाट ऐन महरले संसदीय प्रतिस्पर्धा गर्ने अवसर पाए। काठमाडौं बसेर विद्यार्थी राजनीति गरेका महरले अनपेक्षितरूपमा अवसर पाए। उनले एकीकृत समाजवादीका भानुभक्त जोशीसंग प्रतिस्पर्धा गरे। अघिल्लो वर्ष पार्टी नफुटेको भए एमालेबाट यो निर्वाचनमा जोशी नै उम्मेरदवार हुने लाइनमा थिए। अर्को पार्टीबाट पनि अवसर उनै जोशीले पाउँदा एमालेबाट भने महरले अवसर पाए।

यद्यपि महर पराजित भए, तर सम्मानजनक दोस्रो स्थानको मत पाए। जोशी नयाँ पार्टीमा गएकै कारण राजनीतिक उमेरमा निकै पछिका महरले संसदीय प्रतिस्पर्धामा अवसर पाएका हुन्। दुई नेता बीचको मतान्तर १ हजार मात्र रह्यो।

यता, मकवानपुर २ बाट राप्रपाबाट दिपक सिंह निर्वाचित भए। सिंहले आफ्नै पार्टीका पूर्व अध्यक्ष कमल थापालाई पछि पार्दै जित निकालेका हुन्। थापाले एमालेको चुनाव चिह्नबाट उम्मेरदारी दिएका थिए। त्यसो त ‘गीताको कसम’ खाएर पार्टी ‘मर्ज’ गरे पनि अघिल्लो वर्ष पार्टी छोडेर राप्रपा नेपाल गठन गरेका थापालाई उनकै पूर्व पार्टी सदस्य सिंहले पराजित गरिदिए। थापा तेस्रो स्थानमा मात्र रहे।

थापा पुरानै पार्टीमा रहेको भए सिंहले उनै थापालाई उक्त क्षेत्र संसदीय राजनीतिका लागि छोड्नैपर्ने हुन सक्थ्यो। सिंहले निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी डिना उपाध्यय र उनै थापालाई करिब २ हजार मतान्तरले पराजित गरे।

नेपालका राजनीतिक दलहरुमा नेतृत्व चयन असाध्यै केन्द्रीकृत रहेकाले नयाँ नेताले संसदीय र सत्ता राजनीतिमा कमै अवसर पाउने गरेको अवस्थामा पार्टीहरुमा आएको फुटले बेला–बेला नयाँ नेताको जन्म हुने बताउँछन् राजनीतिका जानकारहरु।

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन पार्टीहरुको मूल नेतृत्वमा रहेकाहरुले मातहतमा रहेका कमिटीमा आफ्नो ‘होल्ड’ बढाउन आफू अनुकूलका मान्छेहरुलाई अघि बढाउने बताउँछन्। जसकारण नयाँ र सम्भावना बोकेका नेताहरुले अवसर नपाउने स्थिती रहेको महर्जनको भनाइ छ। 

‘राजनीतिक नेतृत्वमा ‘होल्ड’ गर्ने नेतृत्वले नेतृत्वमा कसलाई ल्याउने भनेर निर्धारण गर्छ। आफ्नो पकडलाई बलियो बनाउन र आफ्नो छनोटलाई ‘जस्टिफाई’ गर्न सहज हुने मान्छेलाई निर्वाचनमा वा पार्टीका कमिटीमा अवसर दिन्छन्,’ नेपाल लाइभसँग कुरा गर्दै महर्जन भन्छन्, ‘पार्टी कमिटीमा दोस्रो र तेस्रो तहमा रहेका नेताहरुले आफ्नो क्षमता प्रस्तुत गर्ने अवसरबाट पछि रहने स्थिति रहेको छ।’

नयाँ र सम्भवाना बोकेका नेतालाई अघि बढाउँदै नेतृत्व हस्तान्तरण गर्ने प्रक्रियालाई अबरुद्ध गर्दा पार्टी फुटपछि मात्र पछिल्लो तहका नेताले ‘स्पेस’ पाउने स्थिती रहेको महर्जन बताउँछन्। नेतृत्व वा अवसर हस्तान्तरण गर्न मूल नेतृत्व चुक्नु नेपालको राजनीतिको विडम्बना रहेको उनको ठहर छ। 

‘विशेष गरी नेपालका कम्युनिस्ट पार्टीहरुमा दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी फुटपछि मात्र स्पेस पाउने गरेका छन्। नेतृत्व र संसदीय राजनीतिमा अवसर पाउन पार्टी फुटनै कुर्नु पर्ने बिडम्बना हो,’ महर्जनले भने।

यद्यपि पछिल्ला दशकमा भने केही नेताले हस्तक्षेपकारी भूमिकामा रहँदै नेतृत्व दाबी गरेकाले पार्टी फुट नै कुर्नु नपर्ने देखिएको महर्जन बताउँछन्। विशेष गरि नेपाली कांग्रेसका गगन थापा लगायतका केही नेता सडक आन्दोलनबाट स्थापित हुँदै पार्टी नेतृत्वमा दाबी गर्ने हैसियतमा पुगेको महर्जन बताउँछन्। 

प्रकाशित मिति: बिहीबार, मंसिर २२, २०७९  १३:४८
  • #चुनाव_२०७९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ईश्वर बराल
लेखकबाट थप
कोशी प्रदेशमा सरकारको पूर्णता पहिले कि सदनको?
कोप २८– नेपालले सुनाउला मात्र कि विश्व समुदायले सुन्ला पनि?
सीमा समस्या समाधान गर्ने भनेको चार महिनामै मोदीको ‘विवादास्पद’ भ्रमण
सम्बन्धित सामग्री
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ आयोगले निर्वाचनसम्बन्धी विभिन्न कानुनहरूलाई परिमार्जन गरी एकीकृत स्वरूपमा तयार पारिएको उक्त मस्यौदा सरकारसमक्ष पेस गरेको हो। शुक्रबार, जेठ २२, २०८३
स्थगित गरिएको मतदाता नामावली संकलन आजदेखि सुरु निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भन्दै गत मङ्सिर ६ गतेदेखि नामावली संकलन कार्य स्थगिथ गरेको थियो । आयोगको यही चैत... आइतबार, चैत २२, २०८२
मतदाता नामावली भालिदेखि संकलन गरिँदै राष्ट्रिय परिचयपत्र नम्बर प्राप्त गरेका नेपालीले त्यसमा निहित विवरण प्रविष्ट गरी अनलाइनबाटै नाम दर्ता गर्नसक्ने छन् । शनिबार, चैत २१, २०८२
ताजा समाचारसबै
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा बिहीबार, असोज २९, २०८३
उद्घाटन नहुँदै नुवाकोटको झोलुङ्गे पुलमा यात्रुको चहलपहल बिहीबार, असोज २९, २०८३
साउदीका विमानस्थल र तेल केन्द्रमा आक्रमण जारी राख्ने हुथी विद्रोहीको चेतावनी बिहीबार, असोज २९, २०८३
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्