• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर २९, २०८२ Mon, Dec 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सोनी सोध्छिन्- यौनकर्मीलाई बाँच्ने अधिकार हुँदैन र?

‘हामीमाथि हुने लैङ्गिक हिंसाको न्याय खोइ?’
64x64
धनु विश्वकर्मा शनिबार, मंसिर २४, २०७९  ०६:२८
1140x725

काठमाडौं– करिब तीन महिनाअघि सोनी लामा (नाम परिवर्तन) रातिको समयमा रत्नपार्कमा थिइन्। रत्नपार्क उनका लागि परिचित ठाउँ। उनी दिनहुँ पुग्ने ठाउँ। रत्नपार्क पुग्नु उनका लागि रहर होइन, बाध्यता। यसको कथा तल उल्लेख गरिनेछ। पेसाले यौनकर्मी उनी ग्राहक पर्खिरहेकी थिइन्।

ग्राहक आएका थिएनन्। बरु झ्याप्प प्रहरी आइपुग्यो। उनलाई प्रहरी वृत्त जनसेवामा राखियो। प्रहरीले गहिरो चोट हुनेगरी सोनीलाई कुटपिट गरे। प्रहरीको बुटले उनलाई निलडाम हुने गरि चोट लाग्यो। 

किन राति सडकमा आएको? अनैतिक क्रियाकलापमा लाग्ने? भन्दै प्रहरीले कुटेको उनी सम्झिन्छन्। तीन महिनाअघिको प्रहरीको कुटाइका चोटका निसानी शरीरमा अहिले पनि छन्।

उसो त उनले प्रहरीबाट यसरी धेरैपटक कुटपिट भोगिसकेकी छन्। आफूलाई पटक–पटक कुटपिट हुन थालेपछि उनले प्रहरी कार्यालयमा उजुरी दिइन्। तर कुनै सुनुवाइ नै भएन। बरु उल्टै प्रश्नले घेरिइन्– राति राति किन सडकमा उभिएको?

करिब २ वर्ष अघिको कुरा हो। सोनी जस्तै एक यौनकर्मी श्रमिक महिलालाई प्रहरी वृत्त महाराजगञ्जले कुटपिट गर्‍यो। सडकमा अनैतिक क्रियाकलाप गरेको भन्ने आरोप उनीहरुमाथि थियो। शरीरमा चोटैचोट। उनका अनुसार २५ दिन हिरासतमा राखेर छाडियो। 

०००

यौनकर्मीमाथि स्थानीय प्रशासनबाट पटक–पटक चरम दमन हुन थालेपछि सोनी चुपचाप बस्न सकिनन्। अहिले उनी यौनकर्मीमाथि हुने हिंसाका लागि वकालत गर्दै आएकी छन्। 

‘हामी यो देशका नागरिक होइनौं? हामीलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार छैन र?’ उनको प्रश्न छ। 

Ncell 2
Ncell 2

लैङ्गिक हिंसा विरुद्धका विभिन्न कार्यक्रममा सोनी सहभागी हुन्छिन्। विभिन्न कार्यक्रममा बहस पैरवी गर्दै आएकी छन्। सोनी आफूलाई पारालैङ्गिक पहिचानबाट परिचय दिन्छिन्। आफ्नो समुदायले भोगेको लैङ्गिक हिंसाका बारेमा खुलेर बोल्छिन्। लैङ्गिक पहिचानका लागि लडिरहेकी छन्। यसअघि आजाद मोर्चाले आयोजना गरेको कार्यक्रममा माइतीघर मण्डलमा सेक्सवर्करले भोग्ने हिंसाका बारेमा उनले बताइसकेकी छन्।  

'सोनी लामा' बन्दाको कथा
सोनी ४४ वर्ष पुग्नै लागिन्। मकवानपुरमा जन्म भयो। उनको परिवार बसाइँ सरेर सिन्धुलीमा गए। सोनीको बाल्यकाल सिन्धुलीमै बित्यो। उनलाई गाउँकै विद्यालयमा भर्ना गरियो। तर, बुवाले किताब च्यातिदिएको उनको स्मरण छ। बुवा कामको सिलसिलामा काठमाडौं आए। बुवासँगै उनीपनि काठमाडौं आइन्। उनी सानो हुँदा नै आमा र बुवा भने अलग अलग भइसकेका थिए। सोनी कान्छी आमासँग बसिन्। आर्थिक संकट चरम थियो। पढ्न कठिन भयो। जीवन धान्न धौ धौ भयो।

कामको सिलसिलामा काभ्रेपलाञ्चोक पुगिन्। ज्यालामजदुरीको काम गर्न थालिन्। पढाईलाई निरन्तरता दिन विद्यालय भर्ना भइन्। पाँच कक्षासम्म पढाई गरिन्। महंगो सहरमा बाँच्न गाह्रो भयो। पढाई रोकियो।

उनी भन्छिन्, ‘कामसँगै आफू को हुँ भन्ने प्रश्न मनमा आइरहन्थ्यो।’ म किन आममान्छे जस्तो छैन? शरीर पुरुषको छ। भावना र चाहना सबै महिलाको जस्तो किन छ? उनका मनमा यस्तै प्रश्न आउँथे।

श्रृंगार गर्न मन लाग्थ्यो। कुर्ता सुरुवाल लाउन मन लाग्न थाल्यो। जब जब उमेर बढ्न थाल्यो, मनका चाहना पनि बढ्न थाले। शारीरिक र मानसिक परिवर्तन हुन थाल्यो। 

काभ्रेबाट उनी फेरि काठमाडौं फर्किइन्। जीविकापार्जन गर्न ज्यालामजदुरी गर्न थालिन्। उपत्यकाका सार्वजनिक यातायातमा सहचालकका रुपमा काम गरिन्। घर रंगाउने, ज्यामीको काम, घर बनाउने काम, फर्निचरको काम गरिन्। त्यतिबेलासम्म उनी केटाकै आवरणमा थिइन्।

बोली र व्यवहार विस्तारै महिलाको जस्तो हुन थाल्यो। प्राकृतिक रुपमा पुरुष। भावनात्मक रुपमा महिला। जसका कारणले विस्तारै जताततैबाट बहिस्करणमा पर्न थालिन्। काममा गयो अपमानजनक शब्दले बोलाउँथे। उनलाई महिला र पुरुष बाहेक पनि मानिस हुन्छन् भन्ने थाहा थिएन। 

आज भन्दा २० वर्ष पहिलाको कुरा हो। उनलाई काम पाउन मुस्किल हुन थाल्यो। मनमा अनेकन प्रश्न आउन थाले। समाजले गरेको दुर्व्यवहार भुल्न पशुपतिनाथ मन्दिरको कैलाश डाँडामा पुग्न थालिन्। दिनभरी डाँडामा एक्लै बस्थिन्। पशुपतिका जंगलमा एक्लै रोएर बस्थिन्। 

एकदिन उनीजस्तै दुई जना पुरुष पशुपति परिसरमा भेटिए। नजिक आए र कुरा गरे। आवरण र हाउभाउ देखेर ‘तिमी यस्तो हो?’ भनेर सोधे। उनले आफ्ना भावनाहरु बताइन्। उनी ती व्यक्तिसँगै उनीहरुको कोठामा आइन्। उनीहरुबीच मित्रता सुरु भयो।

तिनै साथीहरुले एलजिविटिक्युआईको पैरवीमा लागेको निल हिरा समाजमा पुर्‍याए। सन् २००४ सम्म केटालाई बोलाइने नामले चिनिएकी उनी निल हिरा समाजमा पुगेपछि सोनी बनिन्। आफूजस्तै पहिचान भएको धेरैसँग परिचय भयो। सबैका दुःखका कथा सुनिन्। आफूले भोगेको कथा सुनाइन्। 

उनी भन्छिन्, ‘मेरो खास जन्म नै निल हिरा समाजमा भयो, केटाको नामबाट सोनी लामाको रुपमा।’

फरक पहिचान भएकै कारण कतै काम पाइएन
निल हिरा समाजमा लामो समय स्वयम्सेवकका रुपमा काम गरिन्। महंगो काठमाडौंमा बाँच्न ग्राहो भयो। पारिवारिक सबै सम्बन्ध टुटे। उनी परिवारसँग सम्पर्कविहीन भइन्। आजसम्म पनि उनी परिवारको सामिप्यतामा छैनन्। परिवारले खोजेको पनि छैन। न उनले परिवार खोजिन्।

जीवन धान्नैका लागि विभिन्न ठाउँमा कामका लागि पुगिन्। कतै काम पाइनन्। जता गए पनि अपमानजनक गाली गलौज पाउँथिन्। फरक लिङ्ग भएका कारण कहीँकतै पनि जागिर नपाइएको उनको अनुभव छ। स्वदेशमा रोजगारी नपाएपछि उनी विदेश गइन्। त्यहाँ पनि ६ महिनाबाहेक टिक्न नसकेर नेपाल फर्किइन्।

केही वर्ष अगाडि होटल खोलिन्। आर्थिक रुपमा सबल बन्नका लागि होटल व्यवसाय रोजिन्। होटल राम्रोसँग चलेन। घाटामा गयो। 

पेट पाल्नैका लागि यौनकर्मी
रोजगारी र बाँच्नका लागि गरेका अनेक प्रयास असफल भए। रोजगारको अवसर भएन। समाजले अंगालेन। शहरले अंगालेन। अनि, बाँच्नकै लागि सडक रोजिन्। आफ्नै शरीर दाउमा राखेर जोखिमपूर्ण यात्रा तय गरेको १७ वर्ष भइसक्यो। तर, सोनीको दैनिकी फेरिएको छैन। बाँच्ने पेसा फेरिएको छैन। उनी भन्छिन्, ‘हामीजस्तोलाई जाने ठाउँ अब कहाँ छ र?’

अरुका लागि दिउँसो काम हुन्छ। राति चयनको निद्रा पर्छ। तर, जब सहर निदाउँछ, सोनी ब्युँझिन्छिन्। उनी रत्नपार्क, गौशाला, कोटेश्वर, नयाँ बसपार्क, बसुन्धारा, ठमेल, कलंकी पुग्छिन्। यहाँका गल्ली र चोकचोकमा उनका पैतालाका डोब छन्।

‘बाध्यताले अपनाएको पेसा हो। रहर कहाँ हुन्छ र?’

नेपालको कानुन अनुसार यो अवैधानिक पेसा हो। उनको पहिचान र पेसाका कारण हिंसा नभएको कुनै ठाउँ नै छैन। जहाँ पुग्छिन्, हिंसा भोग्न बाध्य हुन्छिन्। कहिलेकाहीँ उनलाई यो पेसा छोडौं लाग्छ। तर, कहाँ जाने? फेरि कसले स्वीकार्ने?

यसैकारण आजका दिनसम्म उनी सेक्सवर्करमा रुपमा काम गर्छिन्। ‘रातिको सुनसान सहरमा ठिङ्ग उभिन कसलाई रहर हुँदो हो? सबैतिरबाट ढोका बन्द गरिए मान्छे आउने भनेको सडकमा नै हो। त्यही रोजेँ।’

राज्यले त उनीहरुलाई दुःख दिएकै छ, कहिलेकाहीँ ग्राहकहरूले पनि भनेको रकम दिँदैन। एउटा मूल्यमा सहमति गरेर त्यो भन्दा कम रकम दिएर भाग्छन्। त्यति मात्र होइन, एकजनाका लागि सहमति गरेर कहिलेकाहीँ ‘ग्याङ’ लिएर आउँछन्। 

सोनीको मायाको संसार
कानुनी रुपमा वञ्चित गरिए पनि सोनीका अनुसार काठमाडौं उपत्यकामा मात्र २ देखि ३ हजारसम्म सेक्सवर्कर छन्। यहाँ मात्र नभएर पोखरा, बुटवल, धरान, ईटहरी, दाङ, चितवन जस्ता सहरी क्षेत्रमा पनि धेरै सेक्सवर्कर छन्।

उनले अहिले आफूजस्तै पेसेवर यौनकर्मीमाथि भएको हिंसाका विरुद्ध लड्न ‘मायाको संसार’ नामक संस्था खोल्ने तयारीमा छन्। यो संस्थालाई संस्थागत गरेर न्यायका लागि लड्ने उनको योजना छ।

पाइला पाइलामा हिंसा भोग्ने एलजिविटिक्युआईले न्याय माग्ने ठाउँ छैन। प्राकृतिक रुपमा फरक भएकै कारणले न्याय पाउन मुस्किल रहेको उनको बुझाइ छ। जसका लागि कानुनी सहायता दिन उनले मायाको संसार सुरुआत गर्ने योजना बनाएकी हुन्।

‘ग्राहकले हिंसा गर्छन्। यौनकर्मीमाथि पनि बलात्कार, यौनहिंसा हुन्छ’, उनले भनिन्, हिंसा भयो भनेर प्रहरीमा गए उल्टै थप हिंसा गर्छ। तिमीहरु आफैं गएको हो भनेर प्रहरी प्रशासनले जवाफ फर्काउँछ। कहाँ जाने न्यायका लागि? हामीमाथि भएको हिंसाको न्याय खोई?’

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
पहिचान र पासवर्ड दुरुपयोग गरी राष्ट्रिय परिचयपत्र स्वीकृत गराउने दुई युवा पक्राउ आइतबार, मंसिर २८, २०८२
सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस आइतबार, मंसिर २८, २०८२
सरकारलाई राष्ट्रपतिको सुझाव : निर्वाचन मितिमा दायाँबायाँ नहुने गरी ध्यान केन्द्रित गर्नुहाेला आइतबार, मंसिर २८, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने आइतबार, मंसिर २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
एनपीएल २ : क–कसले के जिते? शनिबार, मंसिर २७, २०८२
एमालेको निर्वाचन तालिका सार्वजनिक आइतबार, मंसिर २८, २०८२
बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष पोखरेलले राखे छुट्टै अवधारणा पत्र आइतबार, मंसिर २८, २०८२
एकपक्षीय प्रतिनिधि छानेको भन्दै ईश्वर पोखरेल समूहको आपत्ति शनिबार, मंसिर २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु मंगलबार, मंसिर २३, २०८२
महेश बस्नेत भन्छन्– प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीले ओलीलाई गिरफ्तार गर्ने सल्लाह गरे बिहीबार, मंसिर २५, २०८२
अंशु गौतमको हत्या अनुसन्धानका लागि छिमेकी पक्राउ आइतबार, मंसिर २१, २०८२
एमाले महाधिवेशन: नेतृत्व लिन होड, ज्ञवाली र शाक्यद्वारा सक्रिय राजनीतिबाट सन्यास आइतबार, मंसिर २८, २०८२
सरकार र जेनजीबिच भएको सहमतिका यी हुन् दश बुँदा :  ‘नो भोट’ देखि सम्पत्ति छानबिनसम्म (पूर्णपाठ) बुधबार, मंसिर २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्