• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

सोनी सोध्छिन्- यौनकर्मीलाई बाँच्ने अधिकार हुँदैन र?

‘हामीमाथि हुने लैङ्गिक हिंसाको न्याय खोइ?’
64x64
धनु विश्वकर्मा शनिबार, मंसिर २४, २०७९  ०६:२८
1140x725

काठमाडौं– करिब तीन महिनाअघि सोनी लामा (नाम परिवर्तन) रातिको समयमा रत्नपार्कमा थिइन्। रत्नपार्क उनका लागि परिचित ठाउँ। उनी दिनहुँ पुग्ने ठाउँ। रत्नपार्क पुग्नु उनका लागि रहर होइन, बाध्यता। यसको कथा तल उल्लेख गरिनेछ। पेसाले यौनकर्मी उनी ग्राहक पर्खिरहेकी थिइन्।

ग्राहक आएका थिएनन्। बरु झ्याप्प प्रहरी आइपुग्यो। उनलाई प्रहरी वृत्त जनसेवामा राखियो। प्रहरीले गहिरो चोट हुनेगरी सोनीलाई कुटपिट गरे। प्रहरीको बुटले उनलाई निलडाम हुने गरि चोट लाग्यो। 

किन राति सडकमा आएको? अनैतिक क्रियाकलापमा लाग्ने? भन्दै प्रहरीले कुटेको उनी सम्झिन्छन्। तीन महिनाअघिको प्रहरीको कुटाइका चोटका निसानी शरीरमा अहिले पनि छन्।

उसो त उनले प्रहरीबाट यसरी धेरैपटक कुटपिट भोगिसकेकी छन्। आफूलाई पटक–पटक कुटपिट हुन थालेपछि उनले प्रहरी कार्यालयमा उजुरी दिइन्। तर कुनै सुनुवाइ नै भएन। बरु उल्टै प्रश्नले घेरिइन्– राति राति किन सडकमा उभिएको?

करिब २ वर्ष अघिको कुरा हो। सोनी जस्तै एक यौनकर्मी श्रमिक महिलालाई प्रहरी वृत्त महाराजगञ्जले कुटपिट गर्‍यो। सडकमा अनैतिक क्रियाकलाप गरेको भन्ने आरोप उनीहरुमाथि थियो। शरीरमा चोटैचोट। उनका अनुसार २५ दिन हिरासतमा राखेर छाडियो। 

०००

यौनकर्मीमाथि स्थानीय प्रशासनबाट पटक–पटक चरम दमन हुन थालेपछि सोनी चुपचाप बस्न सकिनन्। अहिले उनी यौनकर्मीमाथि हुने हिंसाका लागि वकालत गर्दै आएकी छन्। 

‘हामी यो देशका नागरिक होइनौं? हामीलाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार छैन र?’ उनको प्रश्न छ। 

Ncell 2
Ncell 2
nimb
nimb

लैङ्गिक हिंसा विरुद्धका विभिन्न कार्यक्रममा सोनी सहभागी हुन्छिन्। विभिन्न कार्यक्रममा बहस पैरवी गर्दै आएकी छन्। सोनी आफूलाई पारालैङ्गिक पहिचानबाट परिचय दिन्छिन्। आफ्नो समुदायले भोगेको लैङ्गिक हिंसाका बारेमा खुलेर बोल्छिन्। लैङ्गिक पहिचानका लागि लडिरहेकी छन्। यसअघि आजाद मोर्चाले आयोजना गरेको कार्यक्रममा माइतीघर मण्डलमा सेक्सवर्करले भोग्ने हिंसाका बारेमा उनले बताइसकेकी छन्।  

'सोनी लामा' बन्दाको कथा
सोनी ४४ वर्ष पुग्नै लागिन्। मकवानपुरमा जन्म भयो। उनको परिवार बसाइँ सरेर सिन्धुलीमा गए। सोनीको बाल्यकाल सिन्धुलीमै बित्यो। उनलाई गाउँकै विद्यालयमा भर्ना गरियो। तर, बुवाले किताब च्यातिदिएको उनको स्मरण छ। बुवा कामको सिलसिलामा काठमाडौं आए। बुवासँगै उनीपनि काठमाडौं आइन्। उनी सानो हुँदा नै आमा र बुवा भने अलग अलग भइसकेका थिए। सोनी कान्छी आमासँग बसिन्। आर्थिक संकट चरम थियो। पढ्न कठिन भयो। जीवन धान्न धौ धौ भयो।

कामको सिलसिलामा काभ्रेपलाञ्चोक पुगिन्। ज्यालामजदुरीको काम गर्न थालिन्। पढाईलाई निरन्तरता दिन विद्यालय भर्ना भइन्। पाँच कक्षासम्म पढाई गरिन्। महंगो सहरमा बाँच्न गाह्रो भयो। पढाई रोकियो।

उनी भन्छिन्, ‘कामसँगै आफू को हुँ भन्ने प्रश्न मनमा आइरहन्थ्यो।’ म किन आममान्छे जस्तो छैन? शरीर पुरुषको छ। भावना र चाहना सबै महिलाको जस्तो किन छ? उनका मनमा यस्तै प्रश्न आउँथे।

श्रृंगार गर्न मन लाग्थ्यो। कुर्ता सुरुवाल लाउन मन लाग्न थाल्यो। जब जब उमेर बढ्न थाल्यो, मनका चाहना पनि बढ्न थाले। शारीरिक र मानसिक परिवर्तन हुन थाल्यो। 

काभ्रेबाट उनी फेरि काठमाडौं फर्किइन्। जीविकापार्जन गर्न ज्यालामजदुरी गर्न थालिन्। उपत्यकाका सार्वजनिक यातायातमा सहचालकका रुपमा काम गरिन्। घर रंगाउने, ज्यामीको काम, घर बनाउने काम, फर्निचरको काम गरिन्। त्यतिबेलासम्म उनी केटाकै आवरणमा थिइन्।

बोली र व्यवहार विस्तारै महिलाको जस्तो हुन थाल्यो। प्राकृतिक रुपमा पुरुष। भावनात्मक रुपमा महिला। जसका कारणले विस्तारै जताततैबाट बहिस्करणमा पर्न थालिन्। काममा गयो अपमानजनक शब्दले बोलाउँथे। उनलाई महिला र पुरुष बाहेक पनि मानिस हुन्छन् भन्ने थाहा थिएन। 

आज भन्दा २० वर्ष पहिलाको कुरा हो। उनलाई काम पाउन मुस्किल हुन थाल्यो। मनमा अनेकन प्रश्न आउन थाले। समाजले गरेको दुर्व्यवहार भुल्न पशुपतिनाथ मन्दिरको कैलाश डाँडामा पुग्न थालिन्। दिनभरी डाँडामा एक्लै बस्थिन्। पशुपतिका जंगलमा एक्लै रोएर बस्थिन्। 

एकदिन उनीजस्तै दुई जना पुरुष पशुपति परिसरमा भेटिए। नजिक आए र कुरा गरे। आवरण र हाउभाउ देखेर ‘तिमी यस्तो हो?’ भनेर सोधे। उनले आफ्ना भावनाहरु बताइन्। उनी ती व्यक्तिसँगै उनीहरुको कोठामा आइन्। उनीहरुबीच मित्रता सुरु भयो।

तिनै साथीहरुले एलजिविटिक्युआईको पैरवीमा लागेको निल हिरा समाजमा पुर्‍याए। सन् २००४ सम्म केटालाई बोलाइने नामले चिनिएकी उनी निल हिरा समाजमा पुगेपछि सोनी बनिन्। आफूजस्तै पहिचान भएको धेरैसँग परिचय भयो। सबैका दुःखका कथा सुनिन्। आफूले भोगेको कथा सुनाइन्। 

उनी भन्छिन्, ‘मेरो खास जन्म नै निल हिरा समाजमा भयो, केटाको नामबाट सोनी लामाको रुपमा।’

फरक पहिचान भएकै कारण कतै काम पाइएन
निल हिरा समाजमा लामो समय स्वयम्सेवकका रुपमा काम गरिन्। महंगो काठमाडौंमा बाँच्न ग्राहो भयो। पारिवारिक सबै सम्बन्ध टुटे। उनी परिवारसँग सम्पर्कविहीन भइन्। आजसम्म पनि उनी परिवारको सामिप्यतामा छैनन्। परिवारले खोजेको पनि छैन। न उनले परिवार खोजिन्।

जीवन धान्नैका लागि विभिन्न ठाउँमा कामका लागि पुगिन्। कतै काम पाइनन्। जता गए पनि अपमानजनक गाली गलौज पाउँथिन्। फरक लिङ्ग भएका कारण कहीँकतै पनि जागिर नपाइएको उनको अनुभव छ। स्वदेशमा रोजगारी नपाएपछि उनी विदेश गइन्। त्यहाँ पनि ६ महिनाबाहेक टिक्न नसकेर नेपाल फर्किइन्।

केही वर्ष अगाडि होटल खोलिन्। आर्थिक रुपमा सबल बन्नका लागि होटल व्यवसाय रोजिन्। होटल राम्रोसँग चलेन। घाटामा गयो। 

पेट पाल्नैका लागि यौनकर्मी
रोजगारी र बाँच्नका लागि गरेका अनेक प्रयास असफल भए। रोजगारको अवसर भएन। समाजले अंगालेन। शहरले अंगालेन। अनि, बाँच्नकै लागि सडक रोजिन्। आफ्नै शरीर दाउमा राखेर जोखिमपूर्ण यात्रा तय गरेको १७ वर्ष भइसक्यो। तर, सोनीको दैनिकी फेरिएको छैन। बाँच्ने पेसा फेरिएको छैन। उनी भन्छिन्, ‘हामीजस्तोलाई जाने ठाउँ अब कहाँ छ र?’

अरुका लागि दिउँसो काम हुन्छ। राति चयनको निद्रा पर्छ। तर, जब सहर निदाउँछ, सोनी ब्युँझिन्छिन्। उनी रत्नपार्क, गौशाला, कोटेश्वर, नयाँ बसपार्क, बसुन्धारा, ठमेल, कलंकी पुग्छिन्। यहाँका गल्ली र चोकचोकमा उनका पैतालाका डोब छन्।

‘बाध्यताले अपनाएको पेसा हो। रहर कहाँ हुन्छ र?’

नेपालको कानुन अनुसार यो अवैधानिक पेसा हो। उनको पहिचान र पेसाका कारण हिंसा नभएको कुनै ठाउँ नै छैन। जहाँ पुग्छिन्, हिंसा भोग्न बाध्य हुन्छिन्। कहिलेकाहीँ उनलाई यो पेसा छोडौं लाग्छ। तर, कहाँ जाने? फेरि कसले स्वीकार्ने?

यसैकारण आजका दिनसम्म उनी सेक्सवर्करमा रुपमा काम गर्छिन्। ‘रातिको सुनसान सहरमा ठिङ्ग उभिन कसलाई रहर हुँदो हो? सबैतिरबाट ढोका बन्द गरिए मान्छे आउने भनेको सडकमा नै हो। त्यही रोजेँ।’

राज्यले त उनीहरुलाई दुःख दिएकै छ, कहिलेकाहीँ ग्राहकहरूले पनि भनेको रकम दिँदैन। एउटा मूल्यमा सहमति गरेर त्यो भन्दा कम रकम दिएर भाग्छन्। त्यति मात्र होइन, एकजनाका लागि सहमति गरेर कहिलेकाहीँ ‘ग्याङ’ लिएर आउँछन्। 

सोनीको मायाको संसार
कानुनी रुपमा वञ्चित गरिए पनि सोनीका अनुसार काठमाडौं उपत्यकामा मात्र २ देखि ३ हजारसम्म सेक्सवर्कर छन्। यहाँ मात्र नभएर पोखरा, बुटवल, धरान, ईटहरी, दाङ, चितवन जस्ता सहरी क्षेत्रमा पनि धेरै सेक्सवर्कर छन्।

उनले अहिले आफूजस्तै पेसेवर यौनकर्मीमाथि भएको हिंसाका विरुद्ध लड्न ‘मायाको संसार’ नामक संस्था खोल्ने तयारीमा छन्। यो संस्थालाई संस्थागत गरेर न्यायका लागि लड्ने उनको योजना छ।

पाइला पाइलामा हिंसा भोग्ने एलजिविटिक्युआईले न्याय माग्ने ठाउँ छैन। प्राकृतिक रुपमा फरक भएकै कारणले न्याय पाउन मुस्किल रहेको उनको बुझाइ छ। जसका लागि कानुनी सहायता दिन उनले मायाको संसार सुरुआत गर्ने योजना बनाएकी हुन्।

‘ग्राहकले हिंसा गर्छन्। यौनकर्मीमाथि पनि बलात्कार, यौनहिंसा हुन्छ’, उनले भनिन्, हिंसा भयो भनेर प्रहरीमा गए उल्टै थप हिंसा गर्छ। तिमीहरु आफैं गएको हो भनेर प्रहरी प्रशासनले जवाफ फर्काउँछ। कहाँ जाने न्यायका लागि? हामीमाथि भएको हिंसाको न्याय खोई?’

प्रकाशित मिति: शनिबार, मंसिर २४, २०७९  ०६:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
भोटेकोशी बाढी : छोराको बिछोडको पीडा सहन नसकेकी आमाको पनि दु:खद अन्त्य उमाकुण्ड गाउँपालिका–१ गुम्देलका ङिमा शेर्पाले जीवनको सबै क्षण हाइड्रोपावरमा श्रम गरेरै बिताए। आफ्नै गाउँघर नजिकै निर्माणाधीन लिखु हा... शनिबार, भदौ २७, २०८३
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
ताजा समाचारसबै
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार, असोज ५, २०८३
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्