काठमाडौं– सत्ता गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरूले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिनु जरुरी रहेको बताएका छन्।
सोमबार बालुवाटारमा बसेको गठबन्धनका नेताहरूको बैठकपछि जारी विज्ञप्तिमा गठबन्धनको वर्तमान सरकारले तीन वटै तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेको उल्लेख गर्दै गठबन्धनलाई निरन्तरता दिन जरुरी रहेको उल्लेख छ।
निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र औचित्यमाथि थप पुष्टि भएको उल्लेख गर्दै मुलुकमा विद्यमान आवश्यकतालाई मध्यनजर गर्दै निरन्तरता दिने जनाएको छ।
साथै, गठबन्धनमा असहयोग गर्नेहरुलाई आगामी दिनमा उचित सम्बोधन र समीक्षा गरिने सूचना तथा सञ्चामन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन्।
तीनवटै तहको निर्वाचन सम्पन्न हुनुले संविधान थप सुरक्षित रहेको समेत कार्कीले बताएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।