काठमाडौं– वर्तमान सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीनिवास बालुवाटारमा सुरु भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि गठबन्धनको यो पहिलो बैठक हो।
शीर्ष नेताहरुले एकआपसमा भेटघाट गरिरहेपनि औपचारिक रुपमा सोमबार पहिलो बैठक बसेको हो। बैठकमा चुनावी समीक्षा र नयाँ सरकार गठनका बारेमा छलफल हुनेछ। नयाँ सरकार गठनका साथै सरकारमा शक्ति बाँडफाँडका विषयमा छलफल हुने बताइएको छ।

प्रतिनिध सभातर्फ गठबन्धन झण्डै बहुमत नजिक छ। पूर्वसहमति अनुसार गठबन्धनकै सरकारलाई निरन्तरता दिने कांग्रेसले जनाएको छ।
तर, माओवादी र एकीकृत समाजवादीले भने चित्तबुझ्दो भाग नदिए अर्को गठबन्धन बन्नसक्ने चेतावनी पनि दिँदै आएका छन्। यतिबेला दलहरु सरकार गठनका लागि तीव्र तयारीमा लागेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।