काठमाडौं– नेकपा एमालेका सचिव रघुवीर महासेठ र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ। अध्यक्ष प्रचण्डलाई भेट्न सचिव महासेठ सोमबार दिउँसो प्रचण्डनिवास खुमलटार पुगेका थिए।
उनीहरुबीच करिब एक घण्टा लामो भेटघाट भएको स्रोतले जनाएको छ। एकल बहुमतको सरकार नबन्ने भएपछि दोस्रो ठूलो दलका रुपमा दर्ज भएको एमालेले पछिल्लो समय सत्तारुढ गठबन्धनसँग पनि छलफल बढाइरहेको छ।
माओवादी केन्द्रको पदाधिकारी बैठकले वर्तमान गठबन्धनलाई नै निरन्तरता दिने बताएपनि महासेठ र प्रचण्डबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
एक साताअघि कांग्रेस नेता प्रकाशमान सिंह एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए। भावी सत्ता समीकरणका लागि सत्तारुढ दल र प्रतिपक्ष दलहरुबीच पछिल्लो समय भेटघाट बाक्लो बन्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।