• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

चुनावी समीक्षाभन्दा पनि सत्ता चिन्तनमा माओवादी केन्द्र

64x64
किशोर दहाल आइतबार, मंसिर १८, २०७९  १७:२१
1140x725

काठमाडौं– शनिबार बोलाइएको माओवादी केन्द्रको पदाधिकारी बैठकका लागि २ अजेन्डा तय गरिएका थिए- चुनावी नतिजाको समीक्षा र सरकार गठनबारे भइरहेका प्रयत्नबारे छलफल। पहिलो दिनको बैठकमा पदाधिकारीहरुले बोल्ने क्रम नसकिएपछि आइतबारलाई पनि बैठक तय गरियो।

बैठकपछि उपाध्यक्ष कृष्णबहादुर महराले बैठकमा निर्वाचनका सन्दर्भमा प्रारम्भिक समीक्षा गरिएको, प्रतिनिधि सभामा अपेक्षा गरिए जति सिट हासिल गर्न नसकिएको बताए। त्यसबाट अगाडि बढेर उनले भने, ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन। अन्य ‘अप्सन’ पनि खुला राखिएको छ।’

महराको सो प्रतिक्रियाले राजनीतिक तरंग सिर्जना गरेको छ। गठबन्धन गरेर चुनावमा होमिएको र गठबन्धनबाटै बहुमत पुर्‍याउने प्रयत्न चलिरहेको परिप्रेक्ष्यमा सार्वजनिक भएको सो अभिव्यक्तिले माओवादी केन्द्रले सत्ताको बृहत्तर सम्भावनाको हिसाबकिताब गर्न थालेको संकेत गर्छ। अहिलेको सत्ता गठबन्धनलाई निरन्तरता दिँदा वा वैकल्पिक गठबन्धन निर्माण गर्दा हुने लाभहानीको आकलन गरेरै ‘अप्सन’ खुला गरिएको सहजै बुझ्न सकिने विषय हो।

साख खुम्चिएको माओवादी
प्रत्येकजसो निर्वाचनले माओवादी केन्द्रको साख धुलिसात् भइसकेको पुष्टि गरिसकेको छ। प्रत्यक्षतर्फको नतिजामा उसले १० प्रतिशत मात्रै जित निकालेको छ। जुन माओवादीको खराब नतिजा निस्किएको २०७० कै हाराहारीमा हो। २०६४ को ५ गुणा कम र २०७४ को आधाभन्दा पनि कम हो। २०७४ र २०७९ को निर्वाचनमा माओवादी गठबन्धन बनाएर निर्वाचनमा होमिएको थियो। उसको वास्तविक हैसियत समानुपातिक मतले देखाउँछ। जसले उसकै कमजोर साख प्रतिबिम्बित गर्छ।

माओवादी केन्द्रका उपाध्यक्ष मातृका यादव आफूहरु २०६४ पछिको निर्वाचनपछि निरन्तर ओरालो लागिरहेको बताउँछन्। शनिबार पदाधिकारी बैठकका लागि पार्टी मुख्यालय पेरिसडाँडा पुगेका उनले भनेका थिए, ‘पार्टी जबसम्म बन्दैन। तबसम्म हामी ओरालो लाग्दै जान्छौँ। पार्टी नै बनेको छैन। मधेसमा त झन् पार्टी नै छैन।’

एकदुईटा चुनाव हारे पनि केही फरक नपर्ने यादवको भनाइ छ। ‘हामी आफ्नो खुट्टामा उभिनुपर्छ। अर्काको भर भन्दा पनि आफ्नो खुट्टामा उभिएर जाऔँ। एकदुई चोटि सरकारमा नभए पनि केही फरक पर्दैन।’

माओवादी नेतृत्वले नेकपा विभाजनपछि नै आफ्नै खुट्टामा उभिने बहस चर्चामा ल्याएको थियो। त्यो भन्नुको अर्थ पार्टीलाई बलियो बनाउने र निर्वाचनको नतिजाबाट आफ्नो सिट बढाउने भन्ने थियो। यसबीचमा प्रचण्डले चाहे जसरी नै पार्टीको महाधिवेशन भयो। आफू अध्यक्ष चुनिए। आफूले चाहेजस्तो पार्टी कमिटीहरुको निर्माण गरे। पदाधिकारी चयन गरे। तर प्रचण्डले आफू अनुकूलको पार्टी संरचना बनाएर र आफू अनुकूलको गठबन्धन बनाएर निर्वाचनमा होमिँदा पनि माओवादी केन्द्र खराब नतिजा बेहोर्न बाध्य भएको छ। अर्थात् निर्वाचनमा माओवादीले खुट्टा टेक्न सकेन, टाउको टेक्न पुग्यो।

प्रचण्डलाई भने पार्टीको साख खुम्चिएकोमा चिन्ता लागेको प्रतीत हुँदैन। किनकि, पार्टी रसातलमा पुगिसक्दा पनि उनी खुमलटारस्थित आफ्नो निवासमा माला र खादासहितको बधाई ग्रहणमा मग्न भएका थिए। प्रचण्डको सो शैलीबाट असन्तुष्ट नेता लेखनाथ न्यौपानेले मंसिर १२ मा माला र खादाले भरिएको प्रचण्डको फोटो फेसबुकमा राख्दै लेखे- ‘अधिकांश अलोकप्रिय पात्रलाई टिकट दिँदा पार्टी १७ मा झरेको छ र पार्टीको लोकप्रिय मतमा समेत नयाँ राप्रपा जस्ता पुरातनपन्थीहरुले लतार्दै लगेको बेला अध्यक्ष कमरेडले घरभित्रै थामिनसक्नु मालाखादासहित बधाई खाने कुराले भौतिक-नैतिक रुपमा अलिकति पनि राम्रो गरेको छैन।’

Ncell 2
Ncell 2
nimb
nimb

तर, सत्तामै छ ध्यान!
माओवादीको सम्पूर्ण चिन्तन पार्टीभित्र सुधार गर्ने, पार्टीलाई पारदर्शी र लोकतान्त्रिक बनाउने, कमिटीहरु व्यवस्थित बनाउने, जनतासँग जोडिएर काम गर्ने र उनीहरुको विश्वास जित्ने जस्ता काम गर्नेतिर लाग्नुभन्दा प्रचण्डलाई कसरी प्रधानमन्त्रीको कुर्सीनजिक पुर्‍याउन सकिन्छ भन्ने रणनीति अख्तियार गर्न व्यस्त भएको महरा अभिव्यक्तिले पुष्टि गर्छ। अर्थात्, हारबाट चेत्ने र सिक्ने उसको प्राथमिकतामा छैन।

डेढ वर्ष यतादेखि निरन्तर रहेको सत्ता गठबन्धनलाई अझै निरन्तरता दिनेबारे माओवादी केन्द्र लगभग स्पष्ट नै छ। तर महराको अभिव्यक्तिले ३ विषय भने प्रष्ट पार्छ। पहिलो, ऊ सत्ताका लागि एमाले वा जोसुकैसँग गठबन्धन पनि गर्न खुला छ। दोस्रो, आफ्नो त्यो खुलापन देखाएर कांग्रेस (मुख्यतः सभापति देउवा)लाई दबाबमा राख्न चाहन्छ, ताकि आलोपालो प्रधानमन्त्री बन्ने वातावरणलाई सुनिश्चित होस्। तीन, जतासुकैबाट होस्, ऊ सत्तामा जान तम्तयार छ।

प्रचण्डको प्रधानमन्त्री बन्ने लालसाले माओवादी चोइटिँदै-चोइटिँदै धेरै कमजोर भएको राजनीतिक विश्लेषक मुमाराम खनाल बताउँछन्। ‘अब पनि सत्ताको लोभ र लालच गर्ने हो भने अर्को निर्वाचनसम्म माओवादीको अस्तित्व करिबकरिब लोप हुन्छ,’ नेपाल लाइभसँग उनले भने, ‘त्यसकारण माओवादीका लागि सुध्रिने यो अन्तिम मौका हो। त्यसैले अब ऊ सत्तामा होइन विपक्षमा रहनुपर्छ। पार्टीको नाम फेर्नुपर्छ। अबको राजनीतिक भाषा पनि बनाउन जरुरी छ। किनकि, उनीहरुको राजनीतिक भाषाबाट कुनै पनि शिक्षित युवा आकर्षित नै हुँदैन।’ 

खनालको सुझाव माओवादीले नमान्ने स्पष्ट जस्तै छ। किनकि, १६ वर्षयता ऊ सत्ताको लतमा फसेको घटनाक्रमले पुष्टि गर्छ। २०६३ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा सहभागी भएर सत्तायात्रा थालेको माओवादी त्यसयताका केवल ३ वटा सरकारमा मात्रै सहभागी भएको छैन। यसले पनि पार्टीमा क्षति पुगेको यादव बताउँछन्। ‘निरन्तर सत्ताधारी भयौँ। जनताको जुन अपेक्षा थियो, त्यो हामीले पूरा गर्न सकेनौँ,’ उनी भन्छन्।

Xtrem

Xtrem

माओवादी केन्द्रको नेतृत्वले सत्तामा जाँदा मात्रै पार्टी जोगाउन सकिन्छ भन्ने सोच राखेको देखिन्छ। तर त्यसले लोभीपापीको झुन्ड तयार गर्ने खनालको भनाइ छ। उनी भन्छन्, ‘माओवादी के भ्रममा छ भने, शक्तिमा जानेबित्तिकै पार्टी रहिरहन्छ। तर, त्यस्तो होइन। ऊ जतिजति अर्थहीन शक्तिमा जाँदैछ, त्यतित्यति कमजोर हुँदैछ।’

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:२१
  • #माओवादी_केन्द्र

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै हिजोदेखि सुरु भएको बन्द सत्रमा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र  कोषाध्यक्ष उमेश श्रेष्... मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार बिहान रिजालले आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। मंगलबार, असोज २०, २०८३
कांग्रेस महाधिवेशन : नयाँ नेतृत्वका लागि आज उम्मेदवारी दर्ता, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नेतृत्व निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उमेदवारी दर्ता गर्दैछ । निर्वाचन समितिका सदस्य सचिव... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
मोरङमा धानबारीबाट २१० किलो गाँजा बरामद मंगलबार, असोज २०, २०८३
कांग्रेसको बन्द सत्र जारीः सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षको प्रतिवेदन पारित गरिँदै मंगलबार, असोज २०, २०८३
डा. मिनेन्द्र रिजालद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा मंगलबार, असोज २०, २०८३
लोकतन्त्र बलियो बनाउन सरकारलाई खबरदारी गर्ने नागरिक समाज आवश्यक : विमल कोइराला मंगलबार, असोज २०, २०८३
भारतबाट दसैँ मनाउन पाँच दिनमा ५० हजारभन्दा बढी नेपाली स्वदेश फर्किए मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्