काठमाडौं– सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसर पारेर घोषणा गरे बमोजिम बाँकेको नेपालगञ्ज उपमहानगरपालिका र कैलालीको जानकी गाउँपालिकामा ‘गो क्यासलेस’ अभियान सुरु गरेको छ।
जानकी गाउँपालिकाका उपाध्यक्ष लालमति देवि कठरीयाले सुदूरपश्चिमको विकासोन्मुख गाउँपालिका जानकीलाई अभियानका लागि छनौट गरेकोमा सिभिल बैंकलाई धन्यवाद दिइन्।
यसले यस भेगका जनतालाई डिजिटल माध्यमबाट बैंक कारोबार गर्न बैंकिङ साक्षरता पनि प्रदान हुने उनको विश्वास छ।
त्यसैगरी, नेपालगञ्जमा आयोजित गो क्यसलेस अभियानको उद्घाटन कार्यक्रमका नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर कमोरद्दिन राईले प्रमुख अतिथि थिए।।
कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपालगञ्जका उपनिर्देशक छबिलाल घिमिरे, नेपालगञ्ज उपमहानगरपालिका–९ का वडाध्यक्ष गोविन्द प्रसाद रेग्मीलगायत सहभागी थिए।
डिजिटल पेमेन्ट सिस्टमले गर्दा अब ग्राहकहरुले सुविधासँगै सुरक्षा प्रदान गरेको नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर राईले बताए।
सिभिल बैंकले २०१९ अगस्टदेखि नै सुरु गरेको नगदरहित अभियान अहिले देशका दुर्गम स्थानदेखि देशका प्रमुख सहरहरुमा गरी चालीस हजारभन्दा बढी क्यू आर मर्चेन्टहरुलाई आवद्ध गरिसकेको बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।