काठमाडौं– प्रतिनिधि सभाको मंसिर ४ गते सम्पन्न मतदानको समानुपातिकतर्फको मतगणना जारी छ। शनिबार बेलुका ५ बजेसम्म १ करोड ४ लाख ४ हजार ७६६ मत गणना भइसकेको छ।
समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत पाएको छ। उसले २७ लाख ८३ हजार ३८७ मत पाइसकेको छ।
दोस्रोमा रहेको कांग्रेसले २६ लाख ५२ हजार ६२८ मत पाएको छ। त्यस्तै, माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८० मत पाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८ मत पाएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार २५९, जसपाले ४ लाख २० हजार ९४३ र ३ लाख ९४ हजार ३८५ मत पाएको छ।
पछिल्लो तथ्यांकअनुसार प्रतिनिधि सभाको थ्रेस होल्ड अर्थात् सदर मतको ३ प्रतिशत मत कटाउने दलहरु यिनै सात वटा छन्। चर्चामा रहेका अन्य पार्टीहरु एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा लगायतका दलहरुले तीन प्रतिशत मत कटाएका छैनन्। अब कटाउने सम्भावना पनि न्यून छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।