• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

आर्ट फिल्मले तानेनन् दर्शक, कमर्सियलमा ‘हाउसफूल’

64x64
समर्पण श्री शनिबार, मंसिर १७, २०७९  १९:३१
1140x725

काठमाडौं– गत ३ असारमा दीपेन्द्र के खनाल निर्देशित फिल्म 'चिसो मान्छे' प्रदर्शनमा आयो।

प्रदर्शनमा आउनुअघि फिल्मको पोस्टर र ट्रेलरले थुप्रै चर्चा बटुलेको थियो। नेपालमा 'फरक धार'का सिनेमाहरू अब क्रमशः बढ्दै जाने आँकलन गरिएको थियो। तर फिल्म प्रदर्शनको पहिलो दिन दर्शकहरूको उपस्थिति कमजोर रह्यो।

फिल्म निर्माण पक्षले भने प्रोमोसन जोड लगाएरै गरेको थियो। निर्देशक दीपेन्द्र के खनालले कुनै कसरत बाँकी राखेनन्। तर फिल्मको व्यापार २ करोडभन्दा उकालो लाग्न सकेन। 

निर्देशक तथा निर्माताहरूको बुझाइ थियो कि आर्ट सिनेमाहरू 'वर्ड अफ माउथ'ले चल्छन्। दीपेन्द्र के खनालले नै ६ वर्षअघि निर्देशन गरेको फिल्म 'पशुपति प्रसाद'ले सुरुवाती दिनमा निराशाजनक व्यापार गरे पनि पछिल्ला दिनमा दर्शकहरू तान्दै लग्यो।

तर 'चिसो मान्छे' अपेक्षित भएन।

‘चिसो मान्छे'अघि प्रदर्शनमा आएको 'चिसो एस्ट्रे'ले समीक्षाहरू राम्रो पायो। दिनेश पाल्पाली निर्देशित फिल्मलाई समीक्षकहरूले नयाँ प्रयोगको सिनेमाका रुपमा पनि लिए‌। तर फिल्मको लगानी यसरी डुब्यो कि, निर्माताहरू पुनः फिल्म बनाउन सक्ने सामर्थ्यमा थिएनन्। 

गत २४ असारमा प्रदर्शनमा आएको अनुप बराल निर्देशित फिल्म 'दोख'को पनि पोस्टर र ट्रेलरले निकै आशा बढाएको थियो। तर प्रदर्शनको पहिलो हप्तामै फिल्म हलबाट उत्रियो।

'दोख' लगत्तै प्रदर्शनमा आएको खगेन्द्र लामिछाने निर्देशित 'पानीफोटो'ले हलमा पानीसम्म भन्न पाएन। एक दशकअघि गुरुकुल थिएटरमा खगेन्द्रकै लेखन तथा निर्देशनमा 'पानीफोटो' नाटक मन्चन गरिएको थियो। त्यतिबेला लोकप्रिय नाटकमाथि खगेन्द्रले फिल्म बनाए। तर दर्शकहरू हलसम्म तानिएनन्। 

Ncell 2
Ncell 2
nimb
nimb

गत भदौमा प्रदर्शनमा आएको सुवर्ण थापा निर्देशित फिल्म फिल्म 'राधा'ले राम्रो समीक्षा त पायो। तर दर्शकहरूको साथ पाउन सकेन। फिल्मलाई हलवालाले निकै कम शो दिएपछि निर्देशक थापाले प्रदर्शन नै बन्द गरेका थिए। 

त्यसयता निर्देशक थापा 'राधा'को पुनः रिलिजको दौडमा छन्। ‘राधा’सँगै प्रदर्शनमा आएको दिनेश राउत निर्देशित फिल्म 'प्रकाश'ले पनि लगानी उठाउन मात्र सक्यो। जबकि फिल्मले राम्रो समीक्षाहरू बटुलेको थियो। फिल्मको प्रोमोसन र निर्माण पक्षको अपेक्षाअनुरुप भने कमाइ हुन सकेन।

पछिल्लो समय निकै चर्चा कमाएको फिल्म हो 'ऐना झ्यालको पुतली'‌‌। सुजित बिडारी निर्देशित उक्त फिल्मले नेपाली फिल्म उद्योगमा आजसम्मकै राम्रो समीक्षा पायो। कतिपयले दुई दशकयताकै उत्कृष्ट सिनेमा भने। सिर्जनशील र बौद्धिक जमातमा फिल्मले अनपेक्षित प्रशंसा पायो।

अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल बुसानको न्यु करेन्ट सेक्सनमा छनोट भयो र ढाकामा भएको अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा निर्देशक बिडारीले उत्कृष्ट फिल्म मेकरको अवार्डसमेत प्राप्त गरे। 

तर फिल्मको व्यापार अनपेक्षित हुन सकेन। फिल्मलाई 'मुभी लभर्स' फेसबुक ग्रुपले प्रचारमा निकै सहयोग गर्यो। राम्रो भनिएर निकै तारिफ बटुले पनि एक करोड भन्दा माथिको व्यापार गर्न सकेन‌।

कमेडी फिल्ममा दर्शक
'फरक धार' भनिएका फिल्महरू यो वर्ष अघिल्ला वर्षका तुलनामा धेरै बने। तर कमजोर व्यापारका कारण खुम्चन पुगे‌का दृष्टान्तहरु देखिए‌। यद्यपि, यो वर्ष कमेडी विधाका फिल्मले भने अनपेक्षित व्यापार गरे।

गत कात्तिक ११ गते प्रदर्शमा आएको फिल्म 'महापुरुष' महिनादिन कटिसक्दा पनि हाउसफूल हुने अवस्थामा छ। फिल्मको सुखद् व्यापारलाई लिएर चलचित्र उद्योगमा चर्चा पनि भइरहेको छ।

प्रदीप भट्टराई निर्देशित फिल्म 'महापुरुष'ले हालसम्म १० करोडको व्यापार गरिसकेको छ। निर्माण टिमले फिल्मको कमाइ १० करोड पुगेपछि सेलेब्रेसन पनि गरेको थियो। बाको बिहेको विषयमाथि बनाइएको यो सिच्वेसनल कमेडीमा आधारित फिल्म हो।

गत वैशाखमा प्रदर्शन भएको रामबाबु गुरुङ निर्देशित फिल्म 'कबड्डी-४'ले हालसम्मकै उत्कृष्ट व्यापार गर्यो। फिल्मले त्यसअघिका व्यापारको रेकर्ड नै तोड्यो। करिब २५ करोडको व्यापार फिल्मले गर्यो। फिल्मका निर्देशक गुरुङ यो कुराबाट यति हौसिए कि फाइनल म्याच भनिदिएका 'कबड्डी-४'लाई तन्क्याएर 'कबड्डी ५'को तयारी गरिरहेका छन्।

ज्ञानेन्द्र देउजा निर्देशित फिल्म झि़ंगेदाउ'ले ५ करोडभन्दा माथिको व्यापार गर्यो। कमेडी प्रशस्त भएकाले दर्शकहरूलाई फिल्मले हलमा सजिलै तान्न सक्यो। 

गत कात्तिकमै प्रदर्शनमा आएको फिल्म 'के घर के डेरा'ले पनि मनग्य दर्शक पायो। दीपेन्द्र के खनाललले ‘चिसो मान्छे’को कम व्यापारले मन चिसो बनाएका थिए। तर यही वर्ष रिजिल भएको उनको फिल्म ‘के घर के डेरा’४ करोडभन्दा माथिको व्यापार गर्यो। दर्शक हलदसम्म तान्न अघिल्लो फिल्ममा जुन कसरत गर्नुपरेको थियो। यो फिल्ममा भने गर्नुपरेन। 

दीपेन्द्र लामा निर्देशित फिल्म '२ नम्बरी' गत असोजमा प्रदर्शनमा आयो। फिल्मले ६ करोडभन्दामाथिको व्यापार गर्यो। कमेडी विधाका फिल्मले बजार पाउँदै गर्दा प्रेमको विषयवस्तुमाथि बनेको एक्सन विधाको फिल्म सन्तोष सेन निर्देशित 'प्रेम गीत-३' ले नेपाल र भारतमा मनग्य कमाइ गर्यो।

दर्शकको मनोविज्ञान के हो?
'फरक धार' भनिने फिल्महरू नचलेपछि निर्देशकहरू निराश देखिएका छन्। आर्ट सिनेमामा काम गरिरहेका एक निर्देशकले निराशा पोख्दै भने, 'अब आर्ट मुभी बनाएर पैसा डुबाइन्न। कमर्सियल फिल्म बनाएर पैसा कमाउने हो।' 

फिल्ममेकरहरू ययार्थवादी फिल्मले दर्शक नतान्ने कुरा स्वीकार गर्छन्। 'हामीलाई हाम्रो कथा भन्नु नि छ। तर दर्शक तान्नका लागि कमर्सियल र आर्टको फ्युजन नगरी हुन्न। फिल्ममा करोडौंको लगानी हुन्छ। डुब्यो भने त फेरि फिल्म बनाउने आँट कसले गर्छ र ?' फिल्म निर्देशक निश्चल बस्नेतले एक संवादको क्रममा भनेका थिए। 

'महापुरुष'का निर्देशक प्रदीप भट्टराई अभाव भएकै कुराको माग बढी हुने बताउँछन्। 'देशको आर्थिक र राजनैतिक अवस्थाले जनता हास्न पाइरहेका छैनन्। उनीहरूलाई हसाएरै समाजको कथा भन्नु हाम्रो दायित्न हो,' प्रदीप भन्छन्। 

आर्ट मुभीमा दर्शक नतानिनुमा उनको बुझाइ छ कि नेपालमा सिनेमाहरू प्राविधिक रुपमा उति बलिया छैनन्। आर्ट सिनेमामा त्यस्ता गल्ती प्रशस्त भेटिन्छन्। तर कमेडी विधामा बनेका सिनेमाका कमजोरी डाइलगले छोपिदिन्छ। 

कतिपय राम्रा आर्ट सिनेमा पनि चल्न नपाई हलबाट उत्रेका प्रसङ्ग पनि प्रदीप निकाल्छन्। राम्रो सिनेमाको मेकिङ अनुसार मार्केटिङ भएन भने पनि दर्शकहरू नतानिने उनको बुझाइ छ।

अर्कोचाहिँ आर्ट सिनेमा हेर्ने अडियन्सहरू बन्न बाँकी रहेको पनि उनी बताउँछन्।

'त्यसैले मलाई लाग्छ कि फिल्म बुझ्ने मेकरले कमर्सियल फिल्म नै बनाउनुपर्छ। नबुझेकाले बनाएको भन्दा बुझेकाले बनाउँदा राम्रा कमर्सियल फिल्म बन्छन्,' उनी भन्छन्, 'हामीले महापुरुष अर्कै ढंगले बनाउन पनि सक्थ्यौं। बुझेर पनि बुझ पचाएर गरिरहेका छौं। हामीलाई गाली पनि गर्नुभयो शुभेच्छुकहरूले। तर बजार पनि त बुझ्नुपर्छ। हामी खाना हाइजेनिक हुनुपर्छ भन्छौं र भोजको खाना हो भनेर पस्किरहेका छौं।' 

'झिंगेदाउ'का निर्देशक ज्ञानेन्द्र देउजा आफू दर्शकले के खोजिरहेछन् भन्ने कुरामा सचेत रहेको बताउँछन्। 'पहिले म एक्सन मुभी बनाउँथे। अब दर्शकले एक्सन मुभीका लागि नेपाली हेर्दैनन्। कमेडी मुभीहरू हेर्छन्। त्यसकारण म आफ्नै कथालाई कमेडी तरिकाले प्रस्तुत गर्छु,' देउजा भन्छन्। 

विदेशी सिनेमाको प्रभावले गर्दा पनि नेपाली फिल्ममेकरलाई चुनौती रहेको उनको बुझाइ छ। 'दर्शकहरू मनोरञ्जन लिन हल जान्छन्। हामीले आफ्नो कथा भनेर त्यो कुरा दिन सक्नुपर्छ,' उनी भन्छन्।

निर्देशक दीपेन्द्र के खनालले एकै वर्ष दुई फिल्म रिलिज गर्दा दर्शकको मनोविज्ञान नियालेका छन्। 'सिरियस तरिकाले कथा भनिएको फिल्ममा दर्शक कम देखिए। दर्शकको साइकोलोजी सिरियस फिल्म हेर्ने छैन। आर्थिक क्राइसिस छ। समस्यै समस्यामा मान्छे रमाइलो गर्न खोजेको हो कि,' खनाल गम्छन्, 'समीक्षात्मक रुपमा राम्रो भनिएको फिल्ममा न्यून दर्शक तर कमजोर भनिएका फिल्ममा धेरै। यसले दर्शकहरू अहिले सिरियस फिल्म हेर्न नचाहेको हो कि देखिन्छ।' 

'प्रकाश'का निर्देशक दिनेश राउत नेपाली दर्शकलाई आर्ट फिल्ममा बानी पार्न नसकिरहेको बताउँछन्। 'दर्शकहरूमा एउटा किसिमको फिल्म हेर्ने बानी छ। आर्ट फिल्म हेर्ने बानी पार्न सकिरहेका छैनौं। त्यसैले पनि अपेक्षाअनुरुपको दर्शक तान्न सकिएन,' उनी भन्छन्।

कुनै विषयवस्तुलाई हल्का रुपमा प्रस्तुत गरिएका सिनेमा नै दर्शकको रोजाइमा पर्नुमा नेपाली दर्शकहरूमा सिनेमा साक्षरता कम भएको एक निर्देशक बताउँछन्। 'मैले जति सिनेमा बनाए पनि समीक्षा राम्रो पाएका छन्। तर दर्शकहरू चाहिँ कमजोर सिनेमाले पाइरहेका छन्। नेपालमा दर्शकहरूमा सिनेमा साक्षरता बढ्न बाँकी छ,'ती निर्देशक बताउँछन्।

कमर्सियल फिल्म बनाइरहेका निर्देशकहरू आफूहरूले चाहेको जस्तो फिल्म आफैंले बनाउन नपाइरहेको पनि बताउँछन्। एक निर्देशक भन्छन्, 'मैले आफूले चाहेको जस्तो आर्ट मुभी बनाउनै पाएको छैन। किनकि फिल्म क्षेत्रबाटै बाँच्नुपर्ने अवस्था छ। आर्ट मुभी बनाएर डुब्न त कहाँ मन छ र। भोलिका दिनमा पैसा कमाइयो भने आफूले चाहेजस्तो फिल्म बनाउँला।'

'रियालिटी फेेस गर्न चाहँदैनन् दर्शक'
फिल्म समीक्षक अनुप सुवेदी आर्ट सिनेमा संसारभरि नै कम चल्ने बताउँछन्।

बरु फिल्म किन चलेन भन्दा पनि यसको गुणस्तरमाथि बहस गर्नुपर्ने उनको बुझाइ छ। ‘कमेडी फिल्मचाहिँ किन चल्नुका कारण अरु छनोट गर्ने अप्सन नभएर पो हो कि। सस्पेन्स थ्रिलर फिल्महरू हाम्रोमा खासै बनेका छैनन्। र अन्य विधाका फिल्म पनि,' उनी भन्छन्। 

अनुपका अनुसार आर्ट फिल्म हेर्ने कल्चर भएको र यस्ता फिल्म बुझेका दर्शकले चाहिँ रुचाउँछन्। 

'आर्ट मुभी' नचल्नुमा त्यसमा पपुलर कुरा नहुने उनको तर्क छ। 'त्यो डेफ्थमा हुन्छ। दर्शकलाई डेफ्थमा जान मन लाग्दैन। सधैं रियालिटी फेस गरिरहेका हुन्छन्। आम मान्छे फिल्ममा पनि त्यही रियालिटी फेरि फेस गर्न चाहँदैन। उनीहरू दैनिक फेस गर्ने रियालिटीबाट भाग्न चाहन्छन्। तर पपुलर मुभीले भाग्न दिछ,' उनी भन्छन्। 

प्रकाशित मिति: शनिबार, मंसिर १७, २०७९  १९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
दीपकराज गिरीले गरे बाढीपीडितलाई तीन लाख सहयोगको घोषणा पाली फिल्मका अभिनेता दीपकराज गिरीले बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि राहत कोषमा तीन लाख रुपैयाँ सहयोगको... शुक्रबार, भदौ १२, २०८३
‘मुसुमुसु हाँसिदेऊ’का गायक शान नेपालमा, पशुपतिदेखि मःमसम्मको योजना सन् १९९९ को हिन्दी चलचित्र ‘प्यार मे कभी कभी’मा समावेश नेपाली शब्द रहेको चर्चित गीत ‘मुसुमुसु हाँसिदेऊ’ले उनलाई नेपाली स्रोतामाझ पनि... शुक्रबार, भदौ ५, २०८३
कलंकीमा खुल्यो मेदान्त स्किन केयर एण्ड वेलनेस सेन्टर, नायिका रेखा थापाले गरिन् उद्घाटन बुधबार, भदौ ३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : १ हजार २०४ शव फेला, ४ हजार बढी अझै सम्पर्कविहीन बुधबार, भदौ १७, २०८३
पत्रकार बशन्त उपाध्यायको निधन बुधबार, भदौ १७, २०८३
भोटेकोशो बाढीले एनसेलको १ मोवाइल टावर र ६० किमीबढी अप्टिकल फाइवर पूर्ण रुपमा नष्ट बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढी : चीन र अमेरिकाबाट आयो लाखौं डलरहको राहत सामग्री बुधबार, भदौ १७, २०८३
भोटेकोशी बाढीमा बगेका ९ शव भारतबाट नेपाल ल्याइयो बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
जब ७८ वर्षीय धनपति सहायता दिन सिंहदबार पुगे! मंगलबार, भदौ १६, २०८३
सिके राउतले हारे मुद्दा मंगलबार, भदौ १६, २०८३
एमाले नेतृ झाँक्रीको दाबी– युरेनियमका कारण सरकारले अझ यो भन्दा दर्दनाक विपद् निम्त्याउन बाँकी छ मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
महाविपत्तिमा सक्षम सरकारको खोजी नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्