काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन्।
२० हजार ६३६ मतगणना हुँदा पाण्डेले ११ हजार ७६ मत प्राप्त गरेका छन्। प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाभन्दा पाण्डे २ हजार २२४ मतले अघि छन्।
थापाले भने ८ हजार ८५२ मत प्राप्त गरेका छन्। यहाँ जम्मा ६० हजार १५२ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तै प्रदेश सभा १ मा पनि गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका छन्। नेकपा एकीकृत समाजवादीका नशेर कुमार शाहीले ५ हजार १३२ मत ल्याएका छन्।
३ हजार ९२८ मत ल्याउँदै नेकपा एमालेका बलदेव रेग्मीले पछ्याएरहेका छन्। यस्तै नेकपा माओवादी केन्द्रका कर्ण विकले भने ४५० मत प्राप्त गरेका छन्।
यसैगरी बाजुरा प्रदेश सभा २ मा पनि नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका पदमबहादुर शाहीले ९ हजार २२ मत प्राप्त गरेका छन्। एमालेका लालबहादुर थापाले भने ७ हजार ४४७ पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।