• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

केन्द्रदेखि मधेससम्म उपेन्द्रलाई सत्ता बाहिर राख्ने राणनीतिमा सीके राउत 

64x64
नवीन झा शुक्रबार, मंसिर १६, २०७९  १९:१९
1140x725

काठमाडौं– बिहीबार प्रधानन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर जनमत पार्टीका अध्यक्ष सीके (चन्द्रकान्त) राउतले सम्भावित नयाँ सत्ता समीकरणमा सहभागी हुने संकेत गरेका छन्।

प्रधानमन्त्री देउवालाई भेटनुअघि बुधवार राउतले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई भेटेका थिए। निधि बिहीबार प्रधानमन्त्री र राउतबीच भएको भेटमा पनि सहभागी थिए। राउत र प्रधानमन्त्रीबीच भएको भेटलगत्तै निधिले नै समाजिक सञ्जालमार्फत् राउत कांग्रेस नेतृत्वको वर्तमान सता गठबन्धनमा सहभागी हुन ‘सहमत’ भएको जानकारी दिएका थिए।

त्यसलगत्तै राउत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न उनको निवास खुमलटार पुगे। खुमलटारमा प्रचण्डलाई भेटेपछि राउतले मन्त्रीनिवास पुल्चोक पुगेर गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका थिए।

यी सबै भेटको मुख्य ध्येय सत्ता गठबन्धनले सम्भावित बनाउन लागेको नयाँ सरकारमा राउतको सहभागिता नै थियो। राउतको सचिवालयले पनि कांग्रेसको नेतृत्वमा रहेको वर्तमान गठबन्धन प्रजातान्त्रिक गठबन्धन भएको जिकिर गर्दै आफूहरु त्यस कित्तामा उभिन सक्ने जनाएको छ। साथै, राउतले आफूहरुले उठाउँदै आएको किसान आन्दोलनका मुद्दा, नागरिता मुद्दा र शिक्षा, स्वास्थ्य, रोजगारीको सन्दर्भमा काम गर्न पाउनुपर्ने वातावरण बनाई दिन आग्रह गरेका छन्।

राउतकै शब्दमा भन्ने हो भने प्रधानमन्त्री यी मुद्दाहरुमा ‘सकारात्मक’ देखिएका छन्। जसका कारण राउत सत्ता गठबन्धनलाई सरकार बनाउन अपुग केही संख्या पूरा गर्न सरकारमा जाने वाचा गरेका छन्। जनमत पार्टीका महासचिव चन्दन सिंह भन्छन्– ‘बिहीबारको छलफल सकारात्मक रुपमा अघि बढ्यो। यद्यपि, ठोस निष्कर्ष केही समयपछि आउनेछ।’

राउतलाई सत्ता गठबन्धनले सरकारमा ल्याउनुका मुख्यतः दुई कारण छन्। एउटा, केन्द्रमा बहुमतका लागि अपुग भइरहेको ३/४ को संख्या पूरा गर्नु। र, दोस्रो– मधेस प्रदेशमा पनि आफ्नै सरकार बनाउनु।

मधेस प्रदेशमा एमाले सबैभन्दा ठूलो पार्टी भएको छ भने कांग्रेस दोस्रो र जसपा तेस्रो स्थानमा छन्। जनमत पार्टीले मधेस प्रदेशमा प्रत्यक्षतर्फ ६ सिट जितेको छ भने समानुपातिकमा पनि ७ सिटसम्म ल्याउने देखिन्छ। सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धन दुवैलाई मधेस प्रदेशमा सरकार बनाउन जनमत पार्टी र स्वतन्त्र सांसदकै साथ चाहिन्छ। यही बुझेर सत्ता गठबन्धनले केन्द्रदेखि मधेस प्रदेशसम्म आफ्नो बहुमत सुनिश्चित गर्न राउतसँग संवाद अघि बढाएको छ। 

राउतको रणनीति 
चुनावताका राउत र उनका पार्टीका नेताहरु मधेसमा सबैभन्दा बढी उपेन्द्र यादव नेतृत्वको जसपाप्रति आक्रामक देखिएका थिए। त्यस क्रममा राउत र उनका समर्थकहरुले जसपा र यादवलाई सत्ताको मोहमा फसेर मधेसको मुद्दा बिर्सेको आरोप लगाए। जसपाकै नेतृत्वमा पाँच वर्ष रहेको मधेस सरकारविरुद्ध पनि राउतको पार्टी सुरु देखि अनुदार देखिएको थियो। स्वयं राउतले जसपा अध्यक्ष यादवलाई सप्तरी–२ बाट फराकिलो मतान्तरले पराजित गरे।

nimb
nimb
Ncell 2
Ncell 2

अहिले राउतले केन्द्रदेखि मधेससम्म सत्ता गठबन्धनमा सहभागी भएर सरकार जान लागेको चर्चा चलेपछि जसपाका नेताहरुले विगतका प्रश्न राउततर्फ तेर्साइरहका छन्। तर, राउत भने उपेन्द्रलाई जसरी हुन्छ केन्द्रदेखि मधेससम्म यसपटक सत्ताबाहिरै राख्ने रणनीतिमा रहेको जनमत पार्टी स्रोतको भनाइ छ।

स्रोतका अनुसार जसपा अध्यक्ष उपेन्द्रले दुई दिनअघि मात्रै सत्ता गठबन्धनका घटक माओवादी केन्द्रका अध्यक्ष दहाललाई भेटेर मधेसमा गठबन्धनकासाथ जसपा सरकारमा जान सकिने जनाउ दिएका थिए। वर्तमान सत्ता गठबन्धनमै रहेको जसपा ४ मंसिरको निर्वाचनको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा गठबन्धन परित्याग गर्दै एमालेसँग चुनावी तालमेल गर्न पुगेका थिए। 

मतपरिणाम अनुसार वर्तमान सत्ता गठबन्धनलाई भावी सरकार बनाउन बहुमत नपुग्ने देखिएपछि जसपालाई समेत ल्याउन सकिन्छ कि भन्ने चर्चा चलेको थियो। तर, त्यसप्रति कांग्रेसले रुचि राखेन। अरु, सीके राउतलाई सहयात्री बनाउने कसरतमा लाग्यो।

राउत जसपालाई केन्द्रदेखि मधेससम्म सत्ता बाहिर राखेर आफ्नो पार्टीलाई मधेसको मूल शक्तिका रुपमा उभ्याउने रणनीतिमा छन् भने अर्कोतिर उपेन्द्रलाई फराकिलो मतले पराजित गरेको मनोविज्ञानलाई भजाएर मधेसमा संगठन विस्तार गर्ने योजनामा छन्।

‘मधेसमा सत्ताको शक्ति प्रभाव जहिले पनि बढी देखिन्छ’, राउतनिकट एक नेता भन्छन्, ‘जसपाको संगठन छिन्नभिन्न बनाएर जनमत पार्टीलाई मधेसमा कसरी बलियो बनाउन सकिन्छ भन्ने गृहकार्यमा जुटिरहेका छौं।’

सत्ता सहभागिताको विषयलाई लिएर मधेसका नेताहरू पटक–पटक आलोचित हुँदै आएका छन्। देउवा नेतृत्वको वर्तमान सत्ता गठबन्धनमा सहभागी हुन ‘कसरत’ गरिरहेका राउतले त्यसलाई कसरी व्यवस्थापन गर्छन्, त्यो रोचक पर्खाइको विषय बनेको छ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १६, २०७९  १९:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्