दोहा– कतार जारी विश्वकप फुटबलमा नकआउट चरणमा प्रवेश गरेको युरोपेली टिम पोर्चुगिजलाई झड्का लागेको छ। पोर्चुगिज टिमका भरपर्दा डिफेन्डर नुनो मेन्डेस घाइते भएका छन्।
मेन्डेस घाइते भएर विश्वकप गुमाउने भएपछि पोर्चुगलको रक्षापंक्तिमा समस्या देखिन सक्नेछ। पीएसजी क्लबबाट व्यवसायिक फुटबल खेल्दै आएका मेन्डेस घाइते भएको आधिकारिक रुपमा सार्वजनिकसमेत भइसकेको छ।
उनी उरुग्वेसँगको खेलमा घाइते भएका थिए। तर सामान्य समस्या भएकाले चाँडै मैदान फर्कने बताइए पनि मेडिकल टिमले तत्काल खेल्न फिट नहुने बताएपछि पोर्चुगललाई झड्का लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।