एजेन्सी– कतारमा जारी विश्वकप फुटबलअन्तर्गत गएराति आफ्नो समूह चरणको अन्तिम खेलमा पूर्वविश्व च्याम्पियन स्पेनले एसियन पावरहाउस जापानसँग अप्रत्याशित हार ब्यहोर्यो। स्पेनले अल्भारो मोराटाको गोलमा ११ औँ मिनेटमै अग्रता लिएर सुखद सुरुवात गरेको थियो।
तर दोस्रो हाफको सुरुमै जापानले स्पेनविरुद्ध सनसनीपूर्ण कमब्याक गर्यो। ४८ औं मिनेटमा रिस्तु डोना र ५१ औं मिनेटमा आओ तानाकाले गोल गर्दै स्पेनविरुद्ध अग्रता बनाएका थिए।
स्पेन जापानसँग हारेपछि यही समूहको अर्को खेलमा जर्मनीले कोस्टारिकामाथि अग्रता लिइरहेको थियो। जसकारण गोल अन्तरका आधारमा स्पेन अर्को चरणमा जाने सम्भावना जीवितै थियो।
जर्मनीसँग १–० ले पछि परेको स्थिति उल्टाएर अर्को चमत्कारीपूर्ण अग्रता कोस्टारिकाले बनाया। येल्तिसन तेजेडा ५८ औं मिनेटमा जर्मनीविरुद्ध गोल फर्काएका थिए। यी दुई टिम बराबरी हुँदा पनि जापानसँग हारेको अवस्थामा स्पेन नकआउट चरणमा पुग्थ्यो। ७० औँ मिनेटमा जर्मनीका गोलकिपर म्यानुअल नेयरको खुट्टामा बाउन्स भएर आत्मघाती गोल भयो। यसपछि जर्मनीले कोस्टारिकामाथि २–१ को अग्रता बनायो ।
जर्मनीमाथिको यो अग्रता कोस्टारिकाले टिकाइराखेको अवस्थामा स्पेन समूह चरणबाटै घर फर्कने अवस्था आउँथ्यो।
तर कोस्टारिकाको यो अग्रता जम्माजम्मी ३ मिनेटमात्रै टिक्न सक्यो। ७३ औँ मिनेटमा जर्मनीले गोल फर्काउँदै खेल बराबरीको स्थितिमा ल्यायो।
यसैबीच, स्पेनका प्रशिक्षक एनरिकेले ७० देखि ७३ मिनेटसम्मको ३ मिनेटको समयको बारेमा आफूलाई जानकारी भएको भए आफूललाई हृदयघात नै हुने बताएका छन् ।
‘कोस्टारिकाले अग्रता लिएको बेला ३ मिनेटका लागि स्पेन प्रतियोगिताबाट बाहिरिसकेको थियो। म आफ्नो खेलमा पूरै केन्द्रित भएकाले यो नतिजा थाहा पाउन सकिन। नत्र मलाई हृदयघात हुनेथियो’, खेलपछि प्रतिक्रिया दिँदै एनरिकेले भने।
आफूलाई त्यो तीन मिनेटको समयको अग्रता थाहा नभएको उनले दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।