काठमाडौं– जापान खेलमा फर्किएकाे छ। जापानले दाेस्राे हाफकाे ६ मिनेटमा दुई गाेल फर्काएकाे हाे। जापानका लागि रित्सु दाेवानले पहिलाे गाेल गरेका थिए।
दाेस्राे हाफमा अतिरिक्त खेलाडीकाे रुपमा प्रवेश गरेका उनले ४७ मिनेटमा इताेकाे पासमा गाेल गरे। जापानले ५१ मिनेटमा अर्काे गाेल थप्याे। जापानका लागि दाेस्राे गाेल आवाे तानाकाले गरे। उनले मिताेमाकाे पासमा गाेल गरेका थिए।
दाेस्राे गाेल भारकाे निर्णयबाट भएकाे थियाे। मिताेमाले गाेल लाइनबाट दिएकाे पासकाे विषयमा भारबाट निर्णय लिइएकाे थियाे। बल गाेल लाइनभित्रै भएकाे जनाउ भारले दिएपछि रेफ्रीले मिताेमाकाे पासमा तानाकाले गरेकाे गाेललाई स्विकृति प्रदान गरेका थिए।
यसअघि पहिलाे हाफमा पूर्व विश्व च्याम्पियन स्पेनले अग्रता बनाएकाे थियो। पहिलाे हाफकाे ११ मिनेटमा अल्भाराे माेराटाले स्पेनलाई पहिलाे गाेलकाे सफलता दिलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।