काठमाडौै– विश्वकपकाे समूह ‘इ’ अन्तर्गत महत्वपूर्ण खेलमा दुई विश्व च्याम्पियन स्पेन र जर्मनीले अग्रता बनाएका छन्।
नकआउट चरण प्रवेशका लागि बिहिबार राती भइरहेकाे खेलमा सन् २०१० काे विश्व च्याम्पियन स्पेनले एसियाकाे पावरहाउस जापानलाई पहिलाे हाफमा १–० ले पछाडि पारेकाे छ। जापानले विश्वकप यात्रालाई निरन्तर राख्न स्पेनलाई जित्नु पर्ने, नभए राम्राे गाेलमा बराबरी राख्नुपर्ने बाध्यता छ।
यही समूहकाे अर्काे खेलमा जर्मनीले पनि काेस्टारिकालाई १–० गाेलले पछाडि पारेकाे छ। ४ पल्टकाे च्याम्पियन जर्मनीलाई समूहकाे पहिलाे खेलमा पराजित गर्दै गाह्राे बनाएकाे थियाे।
जापानविरुद्ध ११ मिनेटमा अल्भाराे माेराटाले हेडिङमार्फत पहिलाे गाेल गरेका थिए। यस्तै जर्मनीका लागि १० मिनेटमा सर्जे नाब्रीले पनि हेडिङमार्फत नै गाेलकाे अग्रता दिलाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।