दोहा– सन् १९९८ यता पहिलो पल्ट विश्वकपको नकआउट चरणमा प्रवेश गर्न असफल भएपछि बेल्जियमका प्रशिक्षक रोबेर्टो मार्टिनेजले पदत्याग गरेका छन्।
मार्टिनेजले पत्रकारहरूसँग आफ्नो सम्झौंता नवीकरण नहुने बताउँदै तत्कालै राजीनामा नगरिहालेको जानकारी दिए।
बेल्जियम फुटबल संघले सार्वजनिक गरेको बक्तब्यमा मार्टिनेजलाई उनको ६ बर्षे सेवाका लागि धन्यबाद भनिएको छ। तर, कतारमा जारी विश्वकपमा देशको असफलताले दुःखी तुल्याएको बताएको छ।
मार्टिनेजको कार्यकालमा यसअघि बेल्जियमले उत्कृष्ट प्रदर्शन गरेको थियो। ४ वर्षअघि रुसमा यो टोली तेस्रो स्थानमा पुगेको थियो। त्यतिबेला प्रतियोगितामा बेल्जियमले सर्वाधिक गोल गरेको थियो।
बेल्जियमको गोल्डेन जेनेरेसन मानिने अहिलेको टिमको असफलताले समर्थकलाई गहिरो धक्का लागेको छ। कतार विश्वकपमा बेल्जियम २–० ले मोरक्कोसँग पराजित भएको थियो भने क्रोएसियाले गोलरहित बराबरीमा रोक्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।