दोहा– विश्वकपको समूह चरणबाट बाहिरिएपछि भावुक बनेका बेल्जियम स्टार रोमेलु लुकाकुले मैदानमा आफ्नो आँशु थाम्न सकेनन्। आफ्नो प्रदर्शनबाट निरास लुकाकुले बेल्जियम खेलाडी बसेको ठाउँमा फर्किने क्रममा अस्थायी झ्याल फोडेका छन्।
उनलाई ढाड्स दिँदै प्रशिक्षण टिमका सदस्य तथा फ्रान्सका पूर्वस्टार थियरी हेनरीले लुकाकुलाई शान्त पार्न खोजेका थिए।
लुकाकुले गोलको तीन वटा अवसर चुकाएका थिए। उनको एउटा प्रहार पोलमा लागेर फर्किएको थियो। क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम समूह चरणबाटै बाहिरिएको छ।
विश्वकप खेल्न आउनुपूर्व चोटका कारण लुकाकु पूर्ण रूपमा फिट थिएनन्। उनलाई दोस्रो हाफपछि अतिरिक्त खेलाडीको रूपमा मैदान प्रवेश गराइएको थियो। बेल्जियम सन् १९९८ यता पहिलो पल्ट नकआउट प्रवेश गर्न असफल भएको हो।
यसपालि समूह चरणबाट बाहिरिएपछि बेल्जियमको ‘गोल्डेन जेनेरेसन’ समाप्त भएको रूपमा अथ्र्याइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।