दोहा– ब्राजिलका स्टार स्ट्राइकर नेइमार विश्वकपका बाँकी खेलहरूमा अनुपस्थित हुने सम्भावना बढेर गएको छ।
गोलीगाठोको समस्याबाट पिडित नेइमार तत्कालै चोटबाट बाहिरिने सम्भावना देखिएको छैन। चोटको अवस्था हेर्दा उनले नकआउट चरणको खेलहरू पनि गुमाउने सम्भावना बलियाे बन्दै गइरहेकाे छ।
नेइमार विश्वकपअन्तर्गत सर्वियाविरूद्ध पहिलो खेलमै घाइते भएका थिए। उनले दोस्रो हाफमा चोट बोक्दा समूह चरणको सबै खेल गुमाउनु परेको थियो। नकआउटका खेलमा उनी फर्किने आशा गरिए पनि अहिले अवस्था अनुकुल नभएको बताइएको छ।
ब्राजिल यो विश्वकपको दावेदार टोली हो। उसले फाइनलसम्मको यात्रा तय गर्यो भने मात्र नेइमारको फिर्ती सम्भव हुने आशा गरिएको छ। नभए अन्तिम १६ को खेलमा पनि उनको पुनरागमनको सम्भावना न्युन देखिन्छ। नेइमारले ब्राजिलबाट १ सय ७७ अन्तर्राष्ट्रिय खेल खेल्ने क्रममा ७५ गोल गरेका छन्। आफ्नो देशका महान खेलाडी पेलेको गोलको कीर्तिमान तोड्न उनी २ गोलले मात्र पछाडि छन्।
यो विश्वकपमा उनले पेलेको कीर्तिमानलाई पछाडि छोड्ने आशा गरिएको थियो। तर, चोटले यो सम्भावनालाई ओझेलमा पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।