काठमाडौं– विश्वकप फुटबलअन्तर्गत अहिले मोरक्को क्यानडाबीच खेल भइरहेको छ।
समूह एफको अन्तिम खेलमा मोरक्कोले क्यानडामाथि २३ मिनेटमै २–० को अग्रता लिएको थियो।
हाकिम जियाचले ४ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि पुनः इन नेस्रीले २३ औँ मिनेटमा अर्को गोल थपेका हुन्।
तर, ४० औँ मिनेटमा क्यानडाले गोल फर्काएको छ। मोरक्कोका अगुर्डले क्यानडालाई आत्मघाती उपहार दिएका हुन्। ।
यससँगै मध्यान्तरअघि मोरक्कोले २–१ को अग्रता लिएको छ
यसै समूहको अर्को खेलमा मध्यान्तरअघि बेल्जियम र क्रोएसियाले गोलरहित बराबरी खेलेका छन्।
यो खेल जिते मोरक्को नकआउट चरणमा जाने निश्चित हुनेछ।
क्यानडा भने विश्वकपबाट बाहिरिइसकेको छ।
बेल्जियमलाई पनि स्पष्ट जितको आवश्यकता छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।