काठमाडौं- विश्वकप फुटबलअन्तर्गत अहिले मोरक्को क्यानडाबीच खेल भइरहेको छ।
समूह एफको अन्तिम खेलमा मोरक्कोले क्यानडामाथि २३ मिनेटमै २-० को अग्रता लिएको छ।
हाकिम जियाचले ४ मिनेटमै अग्रता दिलाएका थिए। त्यसपछि पुनः इन नेस्रीले २३ औँ मिनेटमा अर्को गोल थपेका छन्।
यो खेल जिते मोरक्को नकआउट चरणमा जाने निश्चित हुनेछ।
क्यानडा भने विश्वकपबाट बाहिरिइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।