दोहा– आफ्नो देश विश्वकपबाट बाहिरिदा निरास हुनु कुनै नौलो कुरा होइन। तर, मेक्सिकोका एक समर्थकका लागि विश्वकपबाट आफ्नो देश बाहिरिनु महंगो सावित भयो।
उनले आफ्नो देश विश्वकपबाट बाहिरिएको रिसमा टेलिभिजन तोडफोड गरेका छन्।
बुधबार राती भएको समूह ‘सी’ को निर्णायक खेलमा साउदी अरेबियालाई २–१ गोलले पराजित गरे पनि मेक्सिको गोलअन्तरका कारण बाहिरियो। यो समूहमा समान ४ अंक रहेको पोल्याण्ड अर्जेन्टिनासँग २–० ले पराजित भए पनि नकआउट चरणमा प्रवेश गर्यो।
मेक्सिकोले एक गोल थपेको भए मात्र नकआउट चरणमा प्रवेश पाउथ्यो। तर, साउदीले उल्टै ९५ मिनेटमा गोल गरेर मेक्सिकोको आशामा पानी फेर्यो। फेरि अर्जेन्टिना पनि २–० गोलले मात्र विजयी हुनु मेक्सिकोका लागि दुर्भाग्य सावित भयो।
सोसल मिडियामा सार्वजनिक भिडियोमा मेक्सिकोका समर्थकले आफ्नै टिभीमा चक्कु प्रहार गरेको र रिसको झोकमा फुटाउदै गरेको देखिएको छ।
प्रतियोगिताबाट बाहिरिएपछि मेक्सिकोले आफ्नो प्रशिक्षक गेरार्डो मार्टिनोको सम्झौंता पनि रद्द गरेको छ। विश्वकपमा मेक्सिको आफ्नो पहिलो खेलमा पोल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो। उसले अर्जेन्टिनाबाट २–० को पराजय भोगे पनि अन्तिम खेलमा साउदी अरेबियालाई २–१ गोलले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।