काठमाडौं– अर्जेन्टिनाका विंगर एंगेल डी मारियाले विश्वकप फुटबलअन्तर्गत अष्ट्रेलियाविरुद्ध हुने अन्तिम १६ को खेल गुमाउने सम्भावना बढेको छ।
बुधबार राति पोल्याण्डविरुद्ध २–० को जित निकालेको खेलमा डी मारियामा मस्कल ओभरलोडको समस्या देखिएको अर्जेन्टिनी फुटबल संघले जनाएको छ।
डी मारिया थकित भएको देखेपछि प्रमुख प्रशिक्षक लियोनल स्कालोनीले उनलाई सफ्टिच्युट गरेका थिए। अर्जेन्टिना क्वार्टरफानइनलमा पुगेको खण्डमा भने उनी खेलमा फर्कन सक्ने बताइएको छ।
अर्जेन्टिनाले डिसेम्बर ४ मा अष्ट्रेलियाविरुद्ध अन्तिम १६ को खेल खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।