काठमाडौं– कतारमा जारी विश्वकप फुटबलमा बिहीबार महिला रेफ्रीहरूले इतिहास रच्ने भएका छन्।
पुरुष विश्वकप फुटबलमा पहिलोपटक खेलको सबै जिम्मेवारी महिलाहरूले लिने भएका हुन्।
विश्व फुटबल महासंघ (फिफा)का अनुसार बिहीबार साँझ ८ः४५ बजे हुने जर्मनी र कोस्टारिकाबीचको खेलमा महिला रेफ्रीले निर्णायकको जिम्मेवारी लिँदै इतिहास रच्नेछन्।
सो खेलको प्रमुख रेफ्री फ्रान्सकी स्टेफनी फ्रापार्ट हुनेछिन्। उनलाई सहायक रेफ्रीहरू ब्राजिलकी नेउजा ब्याक र मेक्सिकोकी करेन डियाजले साथ दिनेछन्।
पुरुष विश्वकपकै इतिहासमा पहिलोपटक महिला रेफ्रीलाई निर्णायकको जिम्मेवारी दिने निर्णय यसैपटकदेखि गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।