दोहा– स्पेनविरूद्ध आइतबारको खेल १–१ गोलको बराबरीमा रोकिएपछि जर्मनीले आफ्ना खेलाडीलाई उनीहरूको श्रीमतीसँग बस्न दुई दिनको समय उपलब्ध गराएको खुलासा भएको छ।
बेलायती समाचार एजेन्सीका अनुसार जर्मनीले खेलाडीलाई आफ्ना श्रीमती तथा प्रेमिकासँग उनीहरू बसेको होटलमा दुई दिन बस्न मञ्जुरी दिएको थियो।
जर्मनी पत्रिका बिल्डका अनुसार समूह ‘सी’ अन्तर्गत बिहीबार हुने कोस्टारिकाविरूद्धको खेल अगाडि खेलाडीहरू आफ्ना श्रीमती र प्रेमिकासँग छुट्टिएर जुलाल वेल्नेस रिसोर्टमा फर्किसकेका छन्। उनीहरू महत्त्वपूर्ण खेलका लागि पुनः तयारीमा जुटेको बिल्डको भनाइ छ।
अल बायत रंगशालामा स्पेनसँग १–१ गोलले बराबरी भएको खेल हेर्न जर्मनी खेलाडीका थुप्रै प्रेमिकाहरू प्यारापिटमा उपस्थित थिए। यसमा काई हाभर्ट र गोलकिपर केभिन ट्रापको प्रेमिका पनि थिए।
रंगशालामा माथेस जिन्टरको श्रीमती क्रिस्टिन जिन्टरको पनि उपस्थिति थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।