काठमाडौं– ब्राजिलका महान फुटबलर पेलेको स्वास्थ्य अवस्था स्थिर रहेको छ।
८२ वर्षीय पेलेलाई क्यानसर रोग लागेको थियो। क्यान्सरसँग जुधिरहेका पेलेको शरीर सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो।
साउ पाउलोको एक अस्पतालमा भर्ना भएका पेलेको स्वास्थ्यमा उल्लेख्य सुधार नआएको र अवस्था स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पेले तीनपटक विश्वकप जित्ने एकमात्र फुटबलर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।